भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

एक करोड हारहारीमा ‘महापुरुष’को ओपनिङ, हल-हलमा दर्शक भेट्दै हरिवंश

काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रस हारहारीमा ‘ओपनिङ’ गरेको छ । शुक्रबार यो फिल्म नेपालसहित अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज भएको थियो ।

नेपालका एकसय १२ हलबाट प्रदर्शनमा आएको फिल्मले बिहानैदेखि काठमाडौं उपत्यकासहित मोफसलका ठूला सहरमा ७० देखि शतप्रतिशत अकुपेन्सीको ओपनिङ गर्‍यो ।

फिल्मको ओपनिङमा ६५ प्रतिशत काठमाडौं र बाँकी मोफसल टोरिटोरीको योगदान देखिन्छ । यद्यपी, कलेक्सनको अन्तिम आँकडा आउन बाँकी छ । काठमाडौं, भक्तपुर र ललितपुरस्थित मल्टिप्लेक्सहरु (ए र बी वर्गका समेत) दुबै हाउसफूल रहे ।

चितवन, पोखरा, बुटवल, इटहरी लगायतका मोफसलका ठूला सहरहरु समेत महापुरुषमय बने । फिल्मले दर्शकबाट सकारात्मक वर्ड अफ माउथ प्राप्त गरेको छ र यसको फाइदा आगामी साताभरि नै देखिनेछ ।

एकै परिवारका २८ सदस्यले भक्तपुरस्थित क्यूएफएक्स हलमा ‘महापुरुष’ हेर्न लाग्दा टिकट देखाउँदै हरिवंश ।

पहिलो दिन एक करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन शनिबार स्वभाविकरुपमा त्यो भन्दा बढी कमाइ गर्नेछ । यो ट्रेन्ड हेर्दा आइतबारसम्मको सार्वजनिक बिदाको अवधिभर फिल्मको पहिलो सप्ताहन्तको कमाइ ५ करोड आसपास हुने प्रक्षेपण छ ।

‘महापुरुष’को सकारात्मक पक्ष के हो भने यो फिल्म बक्सअफिसमै लामै समय चल्ने देखिन्छ । ‘वर्ड अफ माउथ’ सकारात्मक भएकाले यसको स्थिर कमाइ पहिलो र दोस्रो सप्ताहन्तसम्म स्पष्ट देखिनेछ ।

एफक्यूव मल्टिप्लेक्समा दर्शक ।

प्रदीप भट्टराई निर्देशित फिल्म महापुरुषमा हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल लगायतको अभिनय छ ।

म्याक्स दिपेश खत्री निर्मित फिल्मको कार्यकारी निर्मातामा बानियाँ स्वयम छन् । फिल्म रिलिजको दिनमा कलाकार, निर्देशक र निर्मातासहितको महापुरुष टोलीले दर्शकसँगै हल भिजिट गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित