सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ?                
समाचार :

तिम्रो माया… गीत सार्वजनिक (भिडियो सहित)

रूपन्देहीका युवाले आधुनिक संगीतसहितको तेस्रो म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । “अहिलेका युवा सचेत छन्, प्रेमका मामलामा परिपक्व पनि छन्, युवावस्थाको प्रेम आकर्षण मात्र होइन” भन्ने सन्देश बोकेको गीतलाई हालै मात्र छायाँकन गरी भिडियो रिलिज गरिएको हो ।
युवा सहित सबैखाले वर्गले सुन्न र सँगै बसेर मनोरञ्जन लिन सकिने भिडियो सहितको यो गीत निर्माणकर्ताको युट्यूब च्यानल Madhu Manjil मार्फत् रिलिज (सार्वजनिक) गरिएको हो ।
मञ्जिल सुवेदीको शब्द, संगीत र गायनमा  रहेको गीतमा कमल रानाको संगीत संयोजन रहेको छ ।
यो भिडियोमा मोडलहरू मधुसुदन भट्टराई, युनिषा घिमिरे र मञ्जिल सुवेदीको मुख्य अभिनय रहेको छ  भने बालकलाकारहरू स्पन्दन बोहरा, दियान्सा सापकोटा र प्रिनेश बिरकट्टाले अभिनय गरेका छन् ।  भारतमा २ वर्षसम्म चलचित्र निर्माणसम्बन्धी अनुभव लिएका निर्देशक मृत्युञ्जय गैह्रे (लक्ष्मण) ले गीतको जीवन्तता र भावलाई समेट्नका लागि रूपन्देहीका विभिन्न स्थानमा छायाँकन गरी भिडियो तयार गरिएको जानकारी दिए ।
यो भिडियोको प्रस्तुति बेग्लै खालको आनन्द दिने प्रकारको, शालीन अभिनयसहितको जीवन्त बनेको निर्देशक गैह्रेले दावी गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित