युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

नेपाल एयरलाइन्सले जेठ दोस्रो सातादेखि भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान गर्ने

काठमाडौं । नेपाल एयरलाइन्सले आगामी जेठ दोस्रो सातादेखि भैरहवालाई दुई गन्तव्यमा जोड्ने भएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली र क्वालालाम्पुरमा नियमित उडानको तयारी गर्न टास्क फोर्स गठन गरिएको छ । सो अनुसार जेठ दोस्रो साता (मे अन्तिम)बाट कम्तीमा दुई गन्तव्यमा उडान सुरु गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।

आवश्यक उडान अनुमति, जनशक्ति , प्राविधिक तयारी, बजारीकरण लगायत कार्यलाई तीब्रता दिई कर्य गर्न कार्यकारी अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरेको पौडेलले जानकारी दिए । आवश्यक उडान अनुमतिका लागि सम्बन्धित देशहरूमा समन्वयको कार्य अगाडि बढाइसकेको र अनुमति आउनासाथ बकिङ खुल्ला गरिने उनले बताए ।

‘दुई मुलुक र इनरुट पर्ने मुलुकमा आवश्यक पर्ने अनुमतिका लागि निवेदन दिइसकेका छौं,’ पौडेलले भने, ‘सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढेको छ ।’

उनका अनुसार नेवानिले यात्रु प्राप्त भएसँगै उडान थप गरिने समेत बताए । निगमले यी दुई गन्तव्यबाट अहिले काठमाडौंमा भने नियमित उडान गरिरहेको छ ।

भैरहवाबाट अहिले जजिराले मात्र नियमित उडान गरिरहेको छ । निगमले दुवै रुटमा ए३२० जहाज प्रयोग गर्ने गरी तयारी गरिरहेको उनले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित