‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

नेपाल एयरलाइन्सले जेठ दोस्रो सातादेखि भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान गर्ने

काठमाडौं । नेपाल एयरलाइन्सले आगामी जेठ दोस्रो सातादेखि भैरहवालाई दुई गन्तव्यमा जोड्ने भएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली र क्वालालाम्पुरमा नियमित उडानको तयारी गर्न टास्क फोर्स गठन गरिएको छ । सो अनुसार जेठ दोस्रो साता (मे अन्तिम)बाट कम्तीमा दुई गन्तव्यमा उडान सुरु गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।

आवश्यक उडान अनुमति, जनशक्ति , प्राविधिक तयारी, बजारीकरण लगायत कार्यलाई तीब्रता दिई कर्य गर्न कार्यकारी अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरेको पौडेलले जानकारी दिए । आवश्यक उडान अनुमतिका लागि सम्बन्धित देशहरूमा समन्वयको कार्य अगाडि बढाइसकेको र अनुमति आउनासाथ बकिङ खुल्ला गरिने उनले बताए ।

‘दुई मुलुक र इनरुट पर्ने मुलुकमा आवश्यक पर्ने अनुमतिका लागि निवेदन दिइसकेका छौं,’ पौडेलले भने, ‘सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढेको छ ।’

उनका अनुसार नेवानिले यात्रु प्राप्त भएसँगै उडान थप गरिने समेत बताए । निगमले यी दुई गन्तव्यबाट अहिले काठमाडौंमा भने नियमित उडान गरिरहेको छ ।

भैरहवाबाट अहिले जजिराले मात्र नियमित उडान गरिरहेको छ । निगमले दुवै रुटमा ए३२० जहाज प्रयोग गर्ने गरी तयारी गरिरहेको उनले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित