मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सञ्चालन कार्यविधि नबन्दै ध्यान केन्द्र चुहिएर आहल, फुटेरै सकिए सम्मेलन केन्द्रका युरिनल

रुपन्देहीको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको ठूला परियोजना उद्घाटन भएको महिनौं बित्दा पनि पूर्ण रूपमा सञ्चालन आउन सकेका छैनन्।

बुटवलमा भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र लुम्बिनीमा रहेको ५ हजार क्षमताको ध्यान केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा नआउँदै अस्तव्यस्त हुन थालेका हुन्।

काठमाडौं बाहिरकै ठूलो मानिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अहिले पनि कार्यविधि नहुँदा सञ्चालनमा आउन सकिरहेका छैनन्।

बुटवल मण्डपको ९ बिघा ६ कट्ठा क्षेत्रफलमा १ अर्ब ११ करोडमा निर्माण भएको सम्मेलन केन्द्रको क्षमता दुई हजार ७ सयसम्म हो।

नियमित कार्यक्रम नभएको अवस्थामा पनि सम्मेलन केन्द्रको शौचालयका युरिनल फुट्न थालेका छन्। सम्मेलन केन्द्रको पुरुष पिसावघरको पिसाब गर्ने सिट (युरिनल) नै गायब छ।

शौचालयका बेसिनहरूको निकास पाइप फुटेपछि शौचालय जलमग्न हुने गरेको छ।

सम्मेलन केन्द्रको गतवर्ष १९ चैतमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उद्घाटन गरेका थिए। उद्घाटनको एक वर्षसम्म पनि पूर्ण रूपमा सञ्चालनमा नआउँदा केन्द्रले दिनहुँ घाटा मात्र व्यहोरिरहेको छ।

मासिक १३ लाखको सञ्चालन खर्च लाग्ने केन्द्रका लागि सरकारले मर्मत बजेट विनियोजन नगर्दा समस्या आएको सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाईका प्रमुख धर्मेन्द्र पन्थीले बताए। साथै उनले शौचालयको सिट चोरी नभई फुटेको जानकारी दिए।

हाललाई कार्यान्वयन इकाई कार्यालयले कामचलाउ विधि बनाएर हल भाडामा दिने गरेको छ। अन्तरिम कार्यविधि बनाएर ४ घण्टाको ९६ हजार भुक्तानी गर्दा हल भाडामा लिन सकिने गरी अस्थायी विधि बनाइएको पन्थीले बताए।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मात्र होइन, यसै प्रदेशमा पाँच हजार क्षमताको लुम्बिनीस्थित ध्यान केन्द्रको अवस्था पनि उस्तै छ। ध्यान केन्द्र पूर्ण सञ्चालनमा नआउँदै पानी चुहिन थालेको छ।

५८ करोड ७९ लाख लगानीमा बनेको ध्यान केन्द्रमा हल्का वर्षा हुँदासमेत पानी चुहिने गरेको छ। पछिल्लो पटक १७ गते परेको वर्षाले पनि ध्यान केन्द्रमा पानी चुहिएको थियो।

लुम्बिनी विकास कोषले निर्माण कम्पनी लुम्बिनी/अर्घाखाँची/बाबुल जेभीलाई तत्काल भरपर्दो मर्मत गरी प्राविधिक रूपमा पानी नचुहिने प्रत्याभूति गराउने गरी मर्मत गर्न निर्देशन दिएको छ।

साथै लुम्बिनी विकास कोषले मर्मत कार्य सम्पन्न नहुन्जेलसम्म अन्तिम बिल भुक्तानी रोक्का गरिने जनाएको छ। यो ध्यान केन्द्र पनि कसरी सञ्चालन गर्ने भन्ने बारे अझै लुम्बिनी विकास कोषले कार्यविधि बनाएको छैन।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भटट्राई (ढुण्डिराज)ले कार्यविधि निर्माण प्रक्रियामा रहेको भन्दै छिट्टै सञ्चालनको विषय टुंगो लगाउने बताए। कोषले अहिले प्रतिदिन २ लाख ५० हजार ध्यान केन्द्रको भाडा तोकेर भाडामा लगाउने गरेको छ।

एसी सञ्चालन नहुने समयमा भने प्रतिदिन डेढलाखमा भाडा दिने गरिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित