थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो                
समाचार :

हवाई रुट नपाएपछि मारमा गौतमबुद्ध विमानस्थल

काठमाडौं । सञ्चालनको ५ महिना बितिसक्दा पनि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले चासो दिइरहेका छैनन् ।

वैदेशिक रोजगारीमा जाने नेपालीको सुविधाका लागि सरकारले श्रम स्वीकृति, भिसा स्ट्याम्पिङ र मेडिकलजस्ता सेवा तथा पूर्वाधार सुनिश्चित नगरेकाले यो अवस्था आएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण पन्छिरहेको छ ।

उड्डयन मामिलाका विज्ञहरु भने भैरहवा विमानस्थल सञ्चालन खर्च समेत उठाउन नसक्ने अवस्थामा पुग्नुको मुख्य कारणमध्ये ‘हवाई रुट’ एक भएको बताउँछन् । भैरहवा विमानस्थल आउने विमानहरुले भारतबाट नेपाल प्रवेश गर्न सहज, सुलभ र सुविधाजनक रुट पाएका छैनन् ।
भैरहवा र पोखरा विमानस्थललाई लक्षित गरेर प्रस्ताव गरिएका भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर रुटबाट विमान नेपाल भित्रिन दिन भारत सरकार सहमत भएको छैन ।
त्यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र प्राधिकरणले खासै जोडबल पनि लगाएका छैनन् । मन्त्रालयका सहसचिव बुद्धिसागर न्यौपाने भने नयाँ एयर रुट र प्रस्थान बिन्दुबारे भारत सरकारसँग आवश्यक पहल र समन्वय भइरहेको बताउँछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित