तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

लुम्बिनीमा कुलपुत्र प्रव्रज्या (फोटो फिचर)

बुटवल । बुद्ध जन्मभूमि लुम्बिनीमा पाँच सय जनाको कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) कार्यक्रम रहेको छ । यही चैत्र २ गतेदेखि प्रव्रज्या शुरु भएको हो । प्रत्येक वर्ष अल्पकालिन भिक्षु भिक्षुणी बन्नका लागि कपाल मुन्डन गरि प्रवज्या गर्ने गरिन्छ ।

अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजनामा लुम्बिनी स्थित कोरियन विहारमा जारी प्रव्रज्याको चैत्र १७ गते समापन गर्ने कार्यक्रम रहेको छ । थाई विहारका महास्थविर भिक्षु सुपोतले नेपालका विभिन्न जिल्लाबाट लुम्बिनी आएकाहरुलाई प्रवज्या (अल्पकालिन भिक्षु) शुरु गरेका हुन ।

उक्त अवसरमा महास्थविर सुपोतले बुद्धधर्मको अनुयायी भएर अल्पकालिन भिक्षु बन्न तयार भएकाहरुलाई स्वागत गर्दै बुद्धको ज्ञान, बुद्धको सन्देश ग्रहण गर्न आग्रह गरे ।

काठमाण्डौं र लुम्बिनीमा गरि ५ सय जनालाई प्रव्रज्या गराउने कार्यक्रम रहेको भिक्षु महासंघले जनाएको छ । लुम्बिनीमा प्रत्येक वर्ष प्रव्रज्या कार्यक्रम हुँदै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित