लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सिद्धार्थ गौतमले २९ बर्ष बिताएको तिलौराकोटमा पलाँस र सिमल द्वारा पर्यटकलाई स्वागत (२३ तस्वीरहरु)

बुटवल । रुपन्देहीको लुम्बिनीमा जन्मेपछि सिद्धार्थ गौतमले प्राचीन शाक्यहरुको राज्यको राजधानी कपिलवस्तुमा वाल्यकाल र युवावस्थाको राजकीय जीवन विताएका थिए । सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा आफ्ना परिवार र राजकीय जीवन त्यागेर ज्ञानको खोजीमा कपिलवस्तु दरवारको पूर्वतिरको द्वारबाट गृहत्याग गरेका थिए।

अहिले यहि दरबारमा यो बसन्त ऋतुमा पलाँसले पर्यटकलाई स्वागत गरेको छ। त्यहा पुग्ने अान्तरिक एवम् बाह्य पर्यटकहरु यतिखेर पलाँस र केही सिमलका राताम्ते दृश्यमा रमाउने गरका छन् ।

बुद्धकालमा पलाँस, बर, पिपल, बेल, बाँस, अशोक जस्ता वृक्षहरूको चर्चा गरिएको छ। त्यसो त प्राचीनकालदेखि नै पलाँसलाई औषधि मूलोको रूपमा प्रयोग हुँदै आएको छ। यो रूखमा ब्रह्मा, विष्णु र महेश तीनवटै देवताको बास हुन्छ भन्ने शास्त्रीय मान्यतासमेत छ। लुम्बिनी विकास कोषका तिलौराकोट शाखा प्रमुख माधवप्रसाद आचार्यले फागुन दोस्रो सातादेखि चैतको पहिलो सातासम्म तिलौराकोटमा पलाँस फुल्ने हुँदा यसमा पर्यटक रम्ने गरेको बताए ।

साथै उनले अहिले तिलौराकोटमा दैनिक १ हजार बढि पर्यटक आउने गरेको बताए। बौद्धमार्गीहरुद्वारा पुजीत प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोटमा पाचौ शताब्दीमा प्रसिद्ध चिनिया यात्री फासियान र सातौं शताब्दीमा हृवेयनसाङ्गले भ्रमण गरेका थिए मानिसको स्मृतिबाट हराइसकेको जंगलभित्र रहेको प्राचीन कपिलवस्तुको राजधानी शहर तिलौराकोटको भग्नावशेषलाई पुरातत्वविद् पूर्णचन्द मुखर्जीले सन् १८९९ मा पुनः जानकारीमा ल्याएका थिए। यस जानकारीलाई प्राय विद्वानहरुले स्वीकार गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित