तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

सिद्धार्थ गौतमले २९ बर्ष बिताएको तिलौराकोटमा पलाँस र सिमल द्वारा पर्यटकलाई स्वागत (२३ तस्वीरहरु)

बुटवल । रुपन्देहीको लुम्बिनीमा जन्मेपछि सिद्धार्थ गौतमले प्राचीन शाक्यहरुको राज्यको राजधानी कपिलवस्तुमा वाल्यकाल र युवावस्थाको राजकीय जीवन विताएका थिए । सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा आफ्ना परिवार र राजकीय जीवन त्यागेर ज्ञानको खोजीमा कपिलवस्तु दरवारको पूर्वतिरको द्वारबाट गृहत्याग गरेका थिए।

अहिले यहि दरबारमा यो बसन्त ऋतुमा पलाँसले पर्यटकलाई स्वागत गरेको छ। त्यहा पुग्ने अान्तरिक एवम् बाह्य पर्यटकहरु यतिखेर पलाँस र केही सिमलका राताम्ते दृश्यमा रमाउने गरका छन् ।

बुद्धकालमा पलाँस, बर, पिपल, बेल, बाँस, अशोक जस्ता वृक्षहरूको चर्चा गरिएको छ। त्यसो त प्राचीनकालदेखि नै पलाँसलाई औषधि मूलोको रूपमा प्रयोग हुँदै आएको छ। यो रूखमा ब्रह्मा, विष्णु र महेश तीनवटै देवताको बास हुन्छ भन्ने शास्त्रीय मान्यतासमेत छ। लुम्बिनी विकास कोषका तिलौराकोट शाखा प्रमुख माधवप्रसाद आचार्यले फागुन दोस्रो सातादेखि चैतको पहिलो सातासम्म तिलौराकोटमा पलाँस फुल्ने हुँदा यसमा पर्यटक रम्ने गरेको बताए ।

साथै उनले अहिले तिलौराकोटमा दैनिक १ हजार बढि पर्यटक आउने गरेको बताए। बौद्धमार्गीहरुद्वारा पुजीत प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोटमा पाचौ शताब्दीमा प्रसिद्ध चिनिया यात्री फासियान र सातौं शताब्दीमा हृवेयनसाङ्गले भ्रमण गरेका थिए मानिसको स्मृतिबाट हराइसकेको जंगलभित्र रहेको प्राचीन कपिलवस्तुको राजधानी शहर तिलौराकोटको भग्नावशेषलाई पुरातत्वविद् पूर्णचन्द मुखर्जीले सन् १८९९ मा पुनः जानकारीमा ल्याएका थिए। यस जानकारीलाई प्राय विद्वानहरुले स्वीकार गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित