मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

जजिराको भैरहवामा पुन उडानः ६६ यात्रु लिएर आयो ९९ यात्रु लगेर गयो

बुटवल । गत पुस महिनादेखि उडान स्थगित गरेको जजिरा एयरलाईन्सले विहिबार देखि पुनः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको छ ।

बाक्लो हुस्सुको कारण विमानस्थलबाट उडान तथा अवतरणमा समस्या भएको भन्दै जजिराले गत पुस ६ गतेदेखि उडान स्थगित गरेको थियो । मौसममा सुधार आउने वित्तिकै उडान सूचारु गर्ने जनाएको जजिराले विहिबार देखि मात्रै उडान शुरु गरेको हो । यसअघि फेबु्रअरी २ तारिखदेखि उडान सुरु गर्ने आश्वासन दिए पनि उडान भएको थिएन ।

विहिबार विहान कुबेतबाट ६६ जना यात्रु लिएर आएको जजिराको विमानले ८ बजेर ५ मिनेटमा ९९ जना यात्रु लिएर उडान भरेको विमानस्थल प्राधिकरणले जनाएको छ । विमानस्थलका अनुसार जजिराले अब हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई गत जेठ २ गते गरिएको उद्घाटनसंगै जजिराले हप्ताको तिनदिन नियमित उडान गर्दै आएको थियो । अन्तर्राष्ट्रिय उडान रोकिन पुग्दा विमानस्थललाई लक्षित गरेर संचालन गरिएका होटेल लगायत पर्यटन व्यवसायीहरु चिन्तित बनेका थिए ।

विमानस्थल निर्माणसंगै भैरहवा लुम्बिनी आसपासमा पर्यटन क्षेत्रमा मात्र ३० अर्ब बढी लगानी भएको छ । यहां मध्यमस्तरका होटलसंगै चार तारे र पांच तारे होटलहरु बनिरहेका छन् ।

जजिरा एयरले उडान शुरु गरेपनिसरकारी स्वामित्वको नेपाल एयरलाइन्सले उडान नगरेको भन्दै यहांका व्यवसायीहरुले नेपाल एयरलाईन्सले पनि उडान गर्नुपर्ने माग गर्दै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित