‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

७२ घरका ६२ युवा विदेश, गाउँमा वृद्धवृद्धा मात्रै

गाउँमा बस्यो, रोजगार छैन् । भएको जमिनबाट हुने उव्जनिले बर्षको ६ महिना पनि राम्रो संग पुग्दैन । छोरा छोरीलाई राम्रो शिक्षा दिउँ भने जस्तो विद्यालय गाउँमा छैन् । केही विरामी भईहाले सदुरमुकाम पुग्नुपर्छ । त्यहाँ पनि विशेषज्ञ सेवा भरपर्दो छैन् । अनि के त ?
अनि मानिस गाउँ छाड्न बाध्य हुन्छ । कोही मुग्लान नै पस्छन्, कोही सुःखका सपनाहरुको संघर्ष गर्न शहर पस्छन् ।
रोजगारी, शिक्षा, स्वास्य र सुविधा खोज्दै गाउं छाड्नेहरुको पछिल्लो समय लर्को नै लाग्ने गरेको छ । गाउंघरमा केही सम्भावना नदेखेरै शहर पस्नेहरु धेरै छन् । जसका कारण गाउं युवा विहिन बन्न पुगेको छ भने बृद्धबृद्धाहरु मत्र गांउमा बस्नुपरेको छ । त्यसको एक उदाहरण बन्न पुगेको छ, गुल्मीको मालिका गाउँपालिका ५ छापहिले ।
हुन त प्राय सवै पहाडी जिल्लाबाट तराई क्षेत्रमा बसाई सराई गर्नेहरुको संख्या बढि रहेको छ । तर मालिका गाउंपालिका–५ छापहिलेको एउटै टोलका ६२ युवा रोजगारका लागि विदेश छन् ।
मालिका गाउँपालिका–५ बाँसारुखका भीम गिरी मलेसिया गएको १५ वर्ष भयो । घरमा ६१ वर्षीय बुबा, ५७ वर्षीया आमा र सानी बहिनी छन् । एक्लो छोरा विदेश गएपछि सघाउने कोही छैन ।
सोही वडाका लोकेन्द्र राउत पनि रोजगारीका क्रममा क्रोएसियामा छन् । घरमा ८० बर्षीय धनबहादुर र आमा भक्तिमाया राउत मात्र छन् । बुढेशकालमा साहारा दिने एक मात्र छोरा विदेश हुँदा दुःख सुःखका अप्ठयारा क्षणहरु साट्ने कोही छैन् ।
श्रीमान जितेन्द्र गिरी रोजगारीका लागि मलेसिया गएपछि काफलपाटाकी टीकाको घरमा मेलापात, खेतीपातीमा सघाउने कोही छैन । यी त प्रतिनिधी उदाहरण मात्र हुन ।
रोजगारीकै लागि विदेश जाने त कतिपय रोजगारी र शिक्षा स्वास्थ्यको अवसर देखेर शहर पस्नेहरुको अहिले जमात ठुलो छ । स्थानीय प्रेमबहादुर जीसीका अनुसार वडा ५ को एउटा टोल छाप, बाटामुनि, फलेताका रूख, काभ्राका रूख, ठूलापाटा, खोरबारा, बांसारूख, निरचौर, राउतटोला, एकपाखे, छापहिलेमा मात्रै ६२ जना रोजगारीका लागि विदेश गएको भएको खवर कान्तिपुर दैनिकमा गुल्मीबाट गगनशिला खड्काले लेखेकी छन् । । टोलका ७२ घरबाट ६२ युवा विदेशिएपछि गाउँमा बृद्धबृद्धमात्रै छन् । भएका केही युवाहरु पनि शहर पसेपछि त गाउँ युवाविहिन बन्न पुगेको स्थानिय नरसिंह जिसीले बताए ।
‘गाउँमा युवा छैनन् । केही गरौ भन्ने हो भन्ने जुट्ने मान्छे छैनन् । घरमा बृद्धबृद्धा मात्र छन् । देशमा रोजगारी भएको भए त्यी युवा गाउँमै हुँदा हुन । तर त्यसो हुन नसक्दा गाउँमा युवाहरु छैनन’ उनले भने ।
मलिका गाउँपालिकाका प्रबक्ता अर्जुन बुढाले गाउँघरबाट अहिले रोजगारी, शिक्षा स्वास्थ्यका कारण बसाई सराई गर्नेहरुको संख्या बढ्दै गएको बताए । उनले युवाहरु पनि धमाधम विदेश पलाउन भइरहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित