लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

१५ तस्वीरमा हेर्नुहोस- रानी झरना

रुपन्देहीसंग सीमा जोडिएको पाल्पा तिनाउ गाउँपालिका वडा नं २ मा पर्ने रानी झरना अहिले पर्यटक लोभ्याउने क्षेत्र बनेको छ । सामाजिक सञ्जालमा झरनाको आकर्षक र मनमोहक दृश्य भाइरल बने संगै त्यहां आन्तरिक पर्यटकको चहलपहल बढाएको छ ।
ढापखोला सामुदायिक वन उपभोक्ता समूहको बगाहामा रहेको झरनामा अहिले बिदा मनाउने आन्तरिक पर्यटकहरुको भीड लागेको छ । बुटवलको कोलाहल र भीडभाडबाट केवल ५ किलोमिटरको दूरीमा दोभान रहेको छ । दोबानबाट ३ किलोमिटरको दूरीमा छ रानी झरना । सिद्धार्थ राजमार्गमा रहेको दोभानको मुख्य बाटोबाट सुन्दर मनोरम गाउं छिचोल्दै रानी झरना पुग्न सकिन्छ । ओझेलमा परेको झरनाको प्रचारप्रसार सामाजिक सञ्जालबाट भएको हो । टिकटक, इन्ट्राग्राम र फेसबुक वालमा केही पर्यटकहरु सो क्षेत्रमा पुगेर भिडिओ तथा फोटो अपलोड गरेसंगै सो स्थान एकाएक भाइरल बनेको छ । रानी झरनाको मनोरम दृश्य लिन, पौडी खेल्न र पहाडी सुन्दरताको अनुभव लिन तराई मधेसका युवा पिँढी धेरै पुग्न थालेको स्थानीय केशरजंग जीसीले बताउनुभयो । धापखोला सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष कुम्भकला खड्काले छोटो समयमा रानीखोला प्रचारमा आएको बताईन ।
सामुदायिक वनबाट १५ लाख रुपैयां बजेट विनियोजन गरेर काम गरिहेको र सो क्षेत्रमा शिव मन्दिर बनाउने योजना रहेको अध्यक्ष खड्काले बताईन । वन ७९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । झरनासम्म पुग्ने पूर्वाधार विकासका लागि प्रदेश र संघीय सरकारबाट आवश्यक सहयोगको लागि पहल भैरहेको उनले बताईन । निवर्तमान वडाध्यक्ष राजेश श्रेष्ठ आफ्नो कार्यकालमा ओझेलमा परेको उक्त स्थललाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित योजना बनाउंदा सफलता मिलेको बताए ।
डिभिजन वन कार्यालय पाल्पाबाट प्राप्त ५ लाखको बजेट र ढापखोला सामुदायिक वनको आन्तरिक स्रोतबाट झरनामा आर्कषक काठको रेलिङ र पुल बनाएको उनले बताए । दोभान एकीकृत पर्यटन विकास केन्द्रका अध्यक्ष दलबहादुर गुरुङले रानी झरनासहित यहांका अन्य पर्यटकीय क्षेत्रले सबैको ध्यान तानेको बताए । तिनाउ गाउंपालिका अध्यक्ष प्रेम श्रेष्ठले रानी झरनालाई विशेष प्राथमिकतामा राखेर योजना बनाउने र तिनाउका सबै पर्यटकीय क्षेत्रको संरक्षण गरिने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित