लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तिलौराकोटमा पलाँस (तस्बिरहरू)

शिशिर ऋतुको अन्त्य र वसन्त ऋतुको आगमनसँगै तिलौराकोटमा पलाँस फुलिरहेको छ। सिद्धार्थ गौतमले २९ वर्ष बिताएको प्राचीन कपिलवस्तु दरबारभित्र पलाँसले पर्यटकलाई स्वागत गरेको छ।

सिद्धार्थ गौतमले ज्ञानको खोजीका लागि दरबार त्यागेका थिए। त्यसैले तिलौराकोट दरबार बौद्धमार्गीहरूको श्रद्धाको स्थल मानिन्छ। यही स्थलमा यतिखेर पलाँस र केही सिमलका राताम्ते दृश्यले पर्यटकलाई लोभ्याएको छ।

बुद्धकालमा पलाँस, बर, पिपल, बेल, बाँस, अशोक जस्ता वृक्षहरूको चर्चा गरिएको छ। त्यसो त प्राचीनकालदेखि नै पलाँसलाई औषधि मूलोको रूपमा प्रयोग हुँदै आएको छ। यो रूखमा ब्रह्मा, विष्णु र महेश तीनवटै देवताको बास हुन्छ भन्ने शास्त्रीय मान्यतासमेत छ।

अक्टोबरदेखि मार्च महिनासम्म नेपालमा बौद्धमार्गीहरूको आवागमन बढी हुन्छ। यो भ्रमणका लागि अनुकूल मौसम पनि हो।

फागुन दोस्रो सातादेखि चैतको पहिलो सातासम्म तिलौराकोटमा पलाँस फुल्ने हुँदा आकर्षक देखिने लुम्बिनी विकास कोषका तिलौराकोट शाखा प्रमुख माधवप्रसाद आचार्यले बताए।

उनका अनुसार तिलौराकोटमा दैनिक एक हजारदेखि १२ सय जनासम्म पर्यटक आउने गरेका छन्। विशेष गरी म्यानमार, श्रीलंका, थाइल्याण्ड, माल्दिभ्स, भारतसहित नेपालका आन्तरिक पर्यटकहरूको भीड लागेको छ। साउनदेखि हालसम्म ३८ हजार बढी पर्यटकले तिलौराकोट भ्रमण गरेको आचार्यले जानकारी दिए।

      

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित