मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

आर्थिक मन्दीका कारण घरबेटीले घटाउन थाले बुटवलमा घरभाडा

बुटवल । रुपन्देहीको बुटवलमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन भएका घरधनीहरुले भाडा घटाउन शुरु गरेका छन् । कोराना संक्रमणले समस्यामा परेका पर्यटन व्यवसायी आर्थिक मन्दीका कारण थप समस्यामा परेका थिए ।
समस्यामा परेपछि होटल तथा पर्यटन व्यवसायीले घरभाडा महंगो भएको भन्दै घरभाडा घटाउन माग गरेका थिए । पर्यटन व्यवसायीले घरघाडा छुट तथा घटाउन गरेको मागलाई बुटवलका केही घरधनीहरुले सम्बोधन गरेका छन् ।
बुटवलको ट्राफिकचोक होटल डि लाइट, देउराली होटल सनराइज होटल लगायत दर्जन बढी होटल सञ्चालन भैरहेका घरका घरधनीहरुले भाडा घटाईदिएपछि व्यवसायी खुशी भएका छन् ।
महङो घरभाडा तिर्न र बैंकको व्याजसमेत चलाउनसमेत नसकेका बुटवलका घरधनीहरुले ३० प्रतिशत भाडा घटाईदिएपछि पर्यटन व्यवसायी खुशी भएका हुन् ।
बैंकहरुले व्यवसायीको मर्म नबुझेपनि आर्थिक समस्यामा परेर व्यवसायबाट विस्थापित हुन लागेका व्यवसायीका समस्यमा घरधनीहरुले बुझेको भन्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष समुन्द्र जीसीले धन्यबाद दिए ।
महङो भाडा तिर्न नसकेको अवस्थामा असल घरधनीहरुले भाडामा छुट दिएपछि पर्यटन व्यवसायी उत्साहित बनेको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यष समुन्द्र जीसीका अनुसार रुपन्देहीको बुटवलमा ठूला, साना गरी सञ्चालित करिव १ हजार होटलमा ३ अर्व बढीको लगानी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित