मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा सातामा ३ उडान गर्ने, कुवेतको भाडा २८ हजार

जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा ३ वटा उडान गर्ने भएको छ । भैरहवामा फागुन २५ गतेदेखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने घोषणा गरेको हो ।

जजिरा एयरवेजले फागुन २५ गतेदेखि भैरहवाबाट साप्ताहिक (हप्ता) रूपमा ३ वटा उडान गर्नेछ । जजिराले भैरहवाबाट कुवेतको लागि मंगलबार, बिहीबार र शनिवार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्ने छ । कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ ।

साथै जजि+रा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँमा विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ ।

नेपाल स्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसका अध्यक्ष रविचन्द्र सिंहले भने, ‘नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिबद्धता अनुसार नै हामीले मध्य पूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकहरूका बीचमा लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रूपमा प्रवर्द्धन गर्दै छौँ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित