भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

१४ परिवारका जग्गाको फर्जी लालपूर्जा बनाएर सहकारीबाट दुई करोड ७० लाख ऋण लिएपछि…

तिलोत्तमा नगरपालिकाको मुख्य बजार क्षेत्र मणिग्रामदेखि पश्चिम तिनाउ नदीतर्फ जाने पुरानो सडक छ। त्यहाँबाट चार किलोमिटर अगाडि गएपछि गोर्कटा चोक पुगिन्छ। गोर्कटाबाट करिब पाँच मिटर दक्षिण लागेपछि एउटा सानो गाउँ आउँछ- हरपुर।

सोही हरपुर गाउँका १४ परिवारको १७ कट्ठा १० धुर जग्गाको काशी घिमिरेले ग्रिनल्याण्ड विल्डर्सको नाममा नक्कली लालपूर्जा बनाएर सोही जग्गा धितोमा राखी काठमाडौंको काँडाघारीमा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाबाट दुई करोड ७० लाख ऋण लिइएको पाइएको छ।

सहकाली सहकारीका कर्जा सहायक विकास थापाले ग्रिनल्याण्ड विल्डर्सले २०७८ साल फागुन २२ गते ऋण लिएको बताए।

उनका अनुसार तिलोत्तमाको १७ कट्ठा १० धुर र रमाकुमारी खड्काको नाममा पश्चिम नवलपरासीको दाउन्नेदेवीमा रहेको तीन बिघा बढी जग्गा रोक्का राखेर सहकारीबाट ऋण लिइएको हो।

ऋण लगानी गर्दा सहकारीका सञ्चालकहरू तिलोत्तमाको फिल्डमै पुगेर जग्गा समेत हेरेर आएको उनको दावी छ। थापाका अनुसार घिमिरेले सहकारीबाट ऋण लिँदा वडा कार्यालयबाट चार किल्ला प्रमाणितको कागजात र मालपोत कार्यालय बुटवलबाट जग्गा रोक्काको पत्र समेत बनाएर पेश गरेका थिए।

वडा कार्यालयबाट गरिएको चार किल्ला प्रमाणितको कागजातमा यसअघिका वडा अध्यक्ष शुकदेव न्यौपानेको हस्ताक्षर छ। त्यस्तै मालपोत कार्यालयले जग्गा रोक्का गरिदिएको पत्रमा भने मालपोत अधिकृतको नाम उल्लेख नगरी हस्ताक्षर मात्र गरिएको सहकारीका कर्जा सहायक थापाले जानकारी दिए।

तर, मालपोत कार्यालय बुटवलमा उक्त जग्गा रोक्का राखिएको कुनै अभिलेख नभएको मालपोत अधिकृत घनश्याम अर्यालले बताए।

‘हामीकहाँ त्यो जग्गा ग्रिनल्याण्ड बिल्डर्सको नाममा भएको कुनै अभिलेख नै छैन। अभिलेख नै नभएको जग्गा कसरी रोक्का हुन्छ?’, अर्यालले भने।

यता तिलोत्तमा वडा नं. ६ मा पनि चारकिल्ला प्रमाणित गरिदिएको अभिलेख नभएको वडा कार्यालयले जनाएको छ। तिलोत्तमा ६ का वडा अध्यक्ष गणेश पाठकले वडा कार्यालयमा उक्त जग्गाको चार किल्ला बनाएको कुनै अभिलेख नरहेको उकेरा डटकममा लेखिएको समाचारमा उनले बताए।

वडा कार्यालयले दिने चारकिल्ला वा कुनै पनि सिफारिसको अभिलेख कार्यालयमा रहने भएकोले घिमिरेले फर्जी रूपमा चारकिल्ला बनाएर सहकारीमा पेश गरेको हुनसक्ने पाठकले बताए।

‘वर्षौँदेखि स्थानीयले जोतभोग र उपभोग गर्दै आएको गाउँको जग्गाको लालपूर्जा बनाएर भूमाफियाले सहकारीबाट ऋण समेत लिइसकेको थाहा पाएपछि हामीले छानबिन सुरु गरेका छौँ’, पाठकले भने।

घिमिरेले एक वर्षअघि सहकारीबाट निकालेको दुई करोड ७० लाख रुपैयाँको ब्याज अहिलेसम्म कत्ति पनि भुक्तानी नगरेको कर्जा सहायक थापाले बताएका छन्।

यता, मालपोत कार्यालयमा घिमिरेविरुद्ध उजुरी पर्न थालेको सूचना पाएपछि उनी केही दिनदेखि सम्पर्कविहीन छन्।

उनीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क पनि हुनसकेन।

स्थानीयले भने मालपोत कार्यालय र नापी कार्यालयको मिलोमतोमा सर्वसाधारणले जोतभोग गरेको जग्गा भूमाफीयाले दर्ता गरेको भन्दै अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन समेत दिएका छन्।

तिलोत्तमा नगरपालिका वडा नं ६ हरपुर गाउँ २०२१ सालभन्दा अघिदेखि बस्दै आएकाहरूको बस्ती हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित