कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

सिद्धबाबा सुरुङमार्ग निर्माणको काम फागुनबाट सुरु हुने

भैरहवा– सिद्धबाबा सुरुङमार्ग निर्माणका तयारी थालिएको छ । आगामी फागुनदेखि काम सुरु गर्ने तयारी भएको छ । निर्माण कम्पनी स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले अघिल्लो महिना सुरुङमार्गको ड्रोइङ र डिजाइन बुझाइसकेको छ । सुरुङमार्ग निर्माणको लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सुरुङमार्गको ड्रोइङ र डिजाइन सन् २०२२ को डिसेम्बरसम्म बुझाउने समयसीमा तोकिए थियो ।

निर्माण कम्पनीले तोकिएको समयमै डिजाइन र ड्रोइङ बुझाएकाले निर्माण कार्य पनि तोकिएकै समयमा हुने सडक विभागको भनाइ छ । स्विट्जरल्यान्डको स्विस डेभलपमेन्ट कर्पाेरेसन (एसडिसी)ले सुरुङमार्गको प्राविधिक परामर्शको काम गरिरहेकाले गर्दा सहयोग दिइरहेको छ  । सोहीअनुसार चिनियाँ कम्पनीले पेस गरेको आयोजनाको डिजाइनमाथि आवश्यक अध्ययन गर्न एसडिसीको प्राविधिक टोलीलाई पठाइएको छ  ।

उक्त प्राविधिक टोलीले डिजाइनमाथि अध्ययन गरेर थप सुझाव दिन सक्नेछ  । चिनियाँ कम्पनीले सोही सुझाव अनुसार डिजाइनलाई संशोधन गर्नुपर्ने हुन्छ । त्यसपछि विभागले आयोजनाको डिजाइन स्वीकृति गर्नेछ । त्यसपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने विभागको भनाइ छ  । सुरुङमार्ग निर्माणका लागि स्विस डेभलोमेन्ट कर्पाेरेशन (एसडिसि) ले प्राविधिक परामर्शदाताको रुपमा काम गरीरहेको र निर्माणम कम्पाीले बुझाएको सुरुङमार्ग निर्माणको डिजाइन अध्ययन गरिरहेको छ ।

निर्माण कम्पनीले बुझाएको डिजाइन र ड्रोइङलाई प्राविधिक परार्मदाता एसडिसिले अध्ययन गरिरहेको सडक विभागका उपमहानिर्देशक भिर्माजुन अधिकारीले बताए । ‘निर्माण कम्पनीले बुझाएको डिजाइनमा एसडिसीले थप अध्ययन गरिरहेको छ । आवश्यक सुझाव तथा राय दिएर र डिजाइन र ड्रोइङ परामर्शदाताले स्वीकृति गरेपछि आयोजनाले पनि स्वीकृति गरेर निर्माण कार्य सुरु हुन्छ’, उनले भने ।

डिजाइन स्वीकृतिको काम आगामी एक–दुई हप्तामै पूरा हुने र फागुनबाट आयोजनाले निर्माण कार्य सुरु गर्ने उपमहानिर्देशक अधिकारीको भनाइ छ । सुरुङमार्गको एसडिसिको टिमले प्रारम्भिक अध्ययन गरेरको भएकाले आयोजनको परामर्शदाताको रुपमा काम गर्दै आएको छ । एसडिसिको टिमले नोभेम्बरबाट स्थलगत भ्रमण गर्नेसमेत गरेको थियो ।

इपिसी मोडेलमा निर्माण गर्न सम्झौता भएको थियो । २ लेनको १ हजार १ सय २६ मिटरको सुरुङमार्गमा ३ वटा आकस्मिक सुरुङमार्ग निर्माण हुने छ । १ मुख्य र ३ वटा वाइपास सुरुङमार्ग निर्माण हुने छ । अर्काे भनेको त्यहाँ माथि भएका बग्ने ढुंगाहरु हटाउने छ । ढुङगाहरु हटाएर त्यहाँ फलामे जालीले थप जोखिमलाई नियन्त्रण गर्न रक सेड बनाउने र ८० देखि ८५ डिग्रीको स्वल्प रहेकाले निर्माण कार्य भौगोलिक हिसावले चुनौती रहेको आयोजनाको भनाइ छ ।

सडक मार्गका माथिबाट पहिरो आए पनि छाता आकारको पूर्वाधार निर्माण गरिने छ । पहिरो माथिबाट झरेर सिधा खोलामा जाने गरी रकसेड निर्माण हुने जनाएको छ । निर्माण हुने सुरुङमार्गबाट इन्धनको ढुवानी गर्न ट्रक तथा दुई पांग्रे साधनलाई निषेध गरिने छ । ०७८ फागुनको अन्तिम साता सो कम्पनीसँग आगामी ५ वर्षमा निर्माण समापन गर्ने गरी सम्झौता भएको थियो ।

सम्झौता अनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइनको गरेर बुझाउने समयसीमा दिइएको थियो । चाइना स्टेटले कन्स्ट्रक्सनले बुझाएको डिजाइन एसडिसी र आयोजनाले स्वीकृत गरेपछि सुरुङ निर्माणको काम सुरु हुने विभागको भनाइ छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले निर्माण गरिसकेपछि पनि ५ वर्षसम्मको मर्मत तथा सञ्चालन गर्नु पर्ने छ ।

यसरी १० वर्ष प्रत्यक्ष निगरानीमा रहने छ । मूल सरुङमार्ग १ं हजार १ सय २६ मिटर लम्बाई रहने छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी निर्माणका लागि छनोट भएको थियो । सिद्धार्थ राजमार्गमा निर्माण हुने सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीको प्रस्ताव पेश भएकोमा ४ कम्पनी छनोटमा परेको भए पनि चाइना स्टेट कन्स्ट्रक्सनले कम कबालमा निर्माणको जिम्मा पाएको थियो ।

आयोजनाले निर्माणको लागि आन्तरिक तयारी स्वरुप साइड क्लियरेन्स, डाइर्भसन लगायत यन्त्र उपकरण संकलनको काम गरिरहेको जनाएको छ । डिजाइन स्वीकृति पछि लगतै आयोजनाले सुरुङ खन्ने काम सुरु गर्ने जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित