रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

कुँवरवर्तीमा चौथो उपमेयर कप खुल्ला महिला भलिबल सुरू

रुपन्देहीको तिलोत्तमा–८ स्थित कुंवरवर्ती बोर्डिङमा चौथो उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिता शुरू भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना र कुंवरवर्ती बोर्डिङ हाई स्कुलको संयोजनमा भएको प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले बिहीबार उद्घाटन गरिन् ।

सो अवसरमा बोल्दै उपप्रमुख चौधरीले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले काम गर्दै आएको बताइन् । महिला भलिबल प्रतियोगिताले महिला खेल विकासमा टेवा पुग्ने बताउँदै उनले खेलाडीको प्रोत्साहनका लागि खेलप्रेमी नगरवासीहरुलाई उत्साह बढाउनुपर्नेमा जोड दिइन ।
माघ १४ गतेसम्म चल्ने प्रतियोगितामा विद्यालय, क्लब र संघसंस्थाबाट समेत गरी ९ वटा महिला टिमको सहभागिता रहेको विद्यालयका प्राचार्य दीपक खनालले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले ६१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले २१ हजार र सान्त्वना हुनेले ११ हजार नगद सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलको पहिलो दिन बिहीबार लिग चरणका ५ वटा खेल सम्पन्न भएका छन् । जनता मावि र ज्योति जागृति आमा समूहबीच भएको पहिलो खेलमा जनाता मावि विजयी भएको छ ।
त्यस्तै कुँवरवर्ती बोर्डिङ स्कूल र नवज्योति बोर्डिङ स्कूलबीच भएको खेलमा कुँवरवर्तीले जित निकाल्यो ।

एभरेष्ट बोर्डिङ स्कूल र सेन्ट जोसेफबीच भएको तेस्रो खेलमा एभरेष्ट विजयी हुन सफल भयो । त्यस्तैगरी होराइजन मावि र देवदह बोर्डिङ स्कूलबीच भएको खेलमा होराइजन विजयी भएको छ । त्यस्तैगरी हिलवर्ट स्कूल कपिलवस्तु र ज्योति जागृति आमा समूहबीच भएको अन्तिम खेलमा हिलबर्ट विजयी भएको छ । प्रतियोगितामा १४ वटा खेल हुनेछन ।

उद्घाटन समारोहमा वडा नं ८ का अध्यक्ष कृष्ण पौडेल,तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य,विद्यालय सञ्चालक समिति अध्यक्ष लक्ष्मण खनाल लगायतका अतिथिहरुले कुंवरवर्ती बोर्डिङ स्कुलले शैक्षिक संगै खेलकुदका गतिविधिमार्फत विद्यार्थीको सर्वाङगीण विकासमा योगदान गरेको बताए । यसअघिका तीन वटा संस्करणको उपाधि कुंवरवर्तीले जितेर शिल्ड कब्जा गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित