निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

‘फूलबारी’मा आमाबुवा–छोराछोरीबीच दूरीको कथा (भिडिओ)

नेपाली फिल्म ‘फूलबारी’को ट्रेलर रिलिज भएको छ। रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘फूलबारी’को ट्रेलरमा पारिवारिक सम्बन्धको कथा प्रस्तुत गरिएको छ। बूढेसकालमा आमाबुवाप्रतिको जिम्मेवारीबाट सन्तान कसरी पन्छिन्छन् भनेर फिल्ममा देखाउन खोजिएको छ।

४ मिनेट ९ सेकेन्डको ट्रेलरले नेपाली समाजको कहालीलाग्दो पाटोमा एउटा सुखी घर असमझदारीले कसरी उजाडिन्छ भन्ने कथा प्रस्तुत गरिएको छ। दाम्पत्य जीवनमा प्रेम कति महत्त्वपूर्ण रहन्छ भन्ने सन्देशसमेत फिल्मको ट्रेलरले दिन खोजेको देखिन्छ।

अभिभावक र सन्तानबीचको सम्बन्धको गहिरिएर देखाउन खोजिएको सार्वजनिक ट्रेलर हेर्दा प्रियंका कार्की छुच्ची बुहारीको भूमिकामा छिन्। छोराछोरी सक्षम भएपछि पराया हुने संकटको कथा हो – ‘फूलबारी’को ट्रेलरले भन्न खोजेको कथा।

फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङलगायत कलाकारले शीर्ष भूमिका निर्वाह गरेका छन्।

फागुन ५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको ‘फूलबारी’ यशोधा फिल्मस्‌ले निर्माण गरेको हो। फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्। फिल्ममा कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत सुन्न सकिन्छ।

अमेरिकी छायाकार जोस हेरमले खिचेका फिल्ममा मनिष ढकालले लगानी गरेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित