थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो                
समाचार :

नेपथ्यले ‘मानवताका लागि संगीत’ शीर्षकमा अभियान चलाउने

चर्चित सांगीतिक ब्यान्ड नेपथ्यले ‘मानवता प्रवर्द्धन अभियान’ सञ्चालन गर्ने भएको छ । ब्यान्डले मानव सेवा आश्रमसँगको सहकार्यमा ‘म्युजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताका लागि संगीत शीर्षकमा आगामी वर्ष उक्त अभियान चलाउने भएको हो ।

तीन दशक भन्दा लामो समयदेखि दर्शक(श्रोतालाई मनोरञ्जन प्रदान गरिरहेको नेपथ्यले संगीतलाई समायनुकूल सामाजिक अभियानमा पनि जोडिंदै आएको छ ।

मानव सेवा आश्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले ब्यान्डले विभिन्न कन्सर्टमार्फत आर्थिक सहयोग संकलनमा हातेमालो गर्ने नेपथ्यले जनाएको छ । नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘अब नेपथ्यको प्रयास मानवताले भरिएको स्वदेश बनाउने हुनेछ ।’

मानव सेवा आश्रमका २३ वटै केन्द्रबाट हालसम्म ७ हजार ३६५ जनाले सेवा प्राप्त गरिसकेका छन् भने २ हजार ८२३ जनालाई उनीहरुको परिवारमा पुनर्स्थापित गराइसकिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित