तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

खुमन, प्रकाश र मिलनले तताए ‘पौवा न्यु इयर इभ’

बुटवल । अंग्रेजी नयाँ वर्ष सन् २०२३ को आगमनलाई स्वागत गर्दै होटल पौवाले आयोजना गरेको ‘न्यु इयर इभ’लाई लाक गायक खुमन अधिकारी, प्रकाश दुतराज र मिलन नेवारले राम्रैगरि तताएका छन् । बुटवलको योगीकुटी स्थित पौवा परिषरमा नयाँ वर्ष मनाउन भेला भएका हजार बढी स्थानीयलाई खुमन, प्रकाश र मिलनले लोकप्रीय गीति गाएर तताएका हुन् ।
कार्यक्रमको प्रारम्भमा नै मञ्चमा उक्लेका लोक गायक खुमनले ट्राक बिनानै दर्शकलाई गाउन लगाएर माहोल तताएका थिए । खुमनले शिव पार्वतीबाट शुरु गरेका खुमनले रुमाल हल्लाइ‘, यो मन रुन्न होला र‘ , सिन्की साँधेर‘, सम्झनामा आइदेउ‘, फोन उठाउ न सानु‘. जस्ता दर्जन बढी गीत गाएका थिए ।
पछिल्लो समय युवामा लोकप्रियता कमाएका प्रकाश दुतराज मन्चमा उक्लेसँगै इभको रौनक नै महोत्सवमय बनेको थियो । कार्यक्रमस्थलमा पुगेका सयौं दर्सकहरु दुतराजको प्रस्तूतीमा नाच्न थालेपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई थाम्न हम्मे हम्मे परेको थियो ।
चोली मैलै भो.. बाट गाउन शुरु गरेका दुतराजले बैनी झ्यालैमा‘., घर त कहाँ हो बैनीको‘, चौतारीमा सितलु छाँयाँ.., तिम्लाई दिने माया‘, सम्झ्यो कि त रेलीमाई छाती चरर‘, उई रिसाउनी उई गल्ती गर्नी‘., जस्ता दर्जन गित गाएर लगातार दर्शकलाई तताएका थिए ।
कार्यक्रममा चर्चित गायीका मिलन नेवारले पनि आफ्नो प्रस्तुती दिएकी थिइन् । दियो बालेर ‘न्यु इयर इभ’को शुभारम्भ गर्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले नयाँवर्षको शुभकामना दिए । नेपाली परम्परागत चाडपर्वलाई मध्यनजरमा राख्दै चाड विशेष सहित पौवाले अंग्रेजी नयाँ वर्ष पनि मनाउँदै आएको छ ।
मध्यराती १२ बजे लगत्तै नयाँ वर्षलाई स्वागत गर्दै होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले देश बिदेशमा रहेका सबै मानवजातीलाई सुख,शुस्वास्थ्य र समृद्दीको शुभकामना दिए । उनले पौवाले नेपाली मौलीक वर्षहरुमा विशेष कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राख्दै विश्वभरीबाट नेपाल आउने पर्यटकलाई नेपाली कला र संस्कृतिको प्रचार गर्ने गरेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित