तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पुष्प खड्का र सुमित्रा पौडेल स्टारर ‘माया बन्धन यो’ सार्वजनिक

काठमाडौं – चलचित्र उद्योगमा ख्यातिप्राप्त कलाकर्मीहरुको सहकार्यमा आधुनिक गीतको अडियो र यसको भिडियो ‘माया बन्धन यो’ एकसाथ सार्वजनिक गरिएको छ । निर्माण टिमले ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरेको हो ।
सार्वजनिक भएसँगै दर्शक र श्रोताले यसलाई निकै उत्साहका साथ हेरेका छन् भने युट्युवमा पनि सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् ।
यो गीतमा प्रताप दास र कविता श्रेष्ठको संयुक्त आवाज सुन्न सकिन्छ । बाबु प्रधानले गीतको अडियो एरेन्ज गरेका हुन् । राजेश कुमार श्रेष्ठको शब्दमा सजिएको गीतको म्युजिक एलिस कार्कीले तयार पारेका हुन् ।
गीतको भिडियोमा चलचित्र उद्योगका लोकप्रिय अभिनेता पुष्प खड्कासँग सुमित्रा पौडेलले अभिनयमा अनस्क्रिन रोमान्स गरेकी छन् । यसै गीतबाट मोडलिङमा डेब्यु गरेकी पौडेलले यो गीत आफ्ना लागि ड्रिम प्रोजेक्ट रहेको प्रतिक्रिया दिइन् । उनले चलेका अभिनेतासँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको र आगामी समयमा यस्तै मिठा गीतमा प्रस्ताव आयो भने काम गर्न राजी हुने बताइन् । सानैंदेखी अभिनयमा आउने मन थियो, उनले भनिन्, ‘अध्ययनमा ब्यस्तताले त्यसबेला सम्भव भएन । सबैको आ–आफ्नो समय आउँछ भनेजस्तै मेरो पनि बिहे भइसकेपछि २ नानीबाबु जन्मिएपछि बल्ल चाहना पुरा गरेकी छु ।’
गीत सार्वजनिक भएपछि अभिनेता पुष्प खड्काले चलचित्र उद्योगमा नाम चलेका व्यक्तिहरुको सहकार्य रहेको यो प्रोजेक्टको अडियो मन परेपछि भिडियोमा काम गर्न तयार भएको प्रतिक्रिया दिए । उनले भने, ‘अडियो मन परेपछि भिडियोँमा काम गरेँ । अहिले म अभिनित चलचित्र तिम्रो मेरो साथ को प्रमोशनमा भएकाले यो गीतको प्रेस मिटमा उपस्थित हुन सकिनँ । तर, गीतको भिडियो हेरेपछि असाध्यै उत्साहित भएको छु ।’
आज सार्वजनिक यो गीतको अडियो र भिडियो एक विशेष प्रेस मिट समारोहकाबीच वल्र्डवाइड प्रदर्शन गर्ने निर्माण टिमको तयारी थियो । तर, मुख्य अभिनेता खड्का काठमाडौंबाहिर भएपछि प्रेस मिट कार्यक्रम अन्तिम समयमा आएर रोकिएको थियो ।
गीतको भिडियो चितवनको चर्चित झरना जलभिरे लगायतका विभिन्न स्थानमा खिचिएको छ ।
ओम प्रसाईँ भिडियोका डिओपी हुन् । असाध्यै कलात्मक ढंगले उनले आफ्नो सिनेम्याटोग्राफीको क्षमता यसमा पनि दिएका छन् । भिडियोका निर्देशक सन्दिप भुजेल हुन् । सन्दिप पछिल्लो समय एकपछि अर्को हिट गीत निर्देशन गरिरहेका छन् । गीतको भिडियोलाई मल्टि ट्यालेन्टेड ओम प्रसाईँले सम्पादन गरेका हुन् । उनैले भिडियोको स्क्रिन प्ले, कलर ग्रेडिङ लगायतका काम समेत गरेका छन् ।
यो गीतले एउटा प्रेमिल जोडीको माया भिज्युअल मार्फत देखाउन खोजेको निर्देशक सन्दिप भुजेलले बताए । उनले भने, ‘हामीले यो गीत निर्माणमा असाध्यै मिहेनत गरेका छौं । मलाई लाग्छ यो गीत र भिडियोलाई दर्शकले निकै माया गर्नेछन् ।’
चिसो मौसमका बाबजुद २ दिन छायांकन गरेर भिडियोको छायांकन गरिएको थियो ।

गीतको लिंक
https://www.youtube.com/embed/watch?v= AZ6_IhU2WSY

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित