रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

गुल्मीको सत्यवतीमा तामा र फलाम खानीको अध्ययन सुरु

गुल्मी — भूगर्भविद्हरुले गुल्मीमा तामा, फलाम र सिसा खानी रहे–नरहेको बारे अनुसन्धान सुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगर्भ शास्त्र विभागका प्राध्यापक डा. कविराज पौडेलको नेतृत्वमा ९ जनाको समूहले सत्यवती गाउँपालिका–८ भार्सेमा तामा, फलाम र सिसा खानीको अनुसन्धान सुरु गरेको हो ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ रिमुवा निवासी पौडेलले आफूले भूगर्भ शास्त्र पढाइरहेका विद्यार्थीमार्फत अध्ययन/अनुसन्धान सुरु गरेको जानकारी दिए । ‘मेरो प्राध्यापनको विषय नै यही भएकाले विद्यार्थीहरूसहित अध्ययनमा लागेको हुँ,’ उनले भने, ‘विद्यार्थीहरु फिल्डवर्क क्रममा भार्सेमा खटिएको र खानीको सम्भाव्यताबारे अध्ययन गर्नेछौं ।’
भार्सेमा राणा शासनकालमा तामा, फलामलगायतका खानीको उत्खनन गरिएको स्थानीयको भनाइ छ । त्यतिबेला खानी उत्खनन गर्दा देउराली, चाहारे, भैंसे, झुलेनी, चालपात, लुराङ्ग, पैयाँपाटा, खैरेनी र खाडा गाउँमा बनेका ठूल्ठूला खाडल र सुरुङहरू अहिले पनि देख्न सकिन्छ । ‘भार्सेको भैंसेदेउरालीका पुराना मान्छेले पहिले तामा निकालेका खाडल देखाउँछन्,’ पौडेलले भने, ‘अहिले पनि ती ठाउँमा ठूल्ठूला खाडल देख्न सकिन्छ ।’ सो क्षेत्रमा खनिज उत्खननको सम्भावना रहेकाले त्यसको अवस्था, सम्भावना र खनिज पदार्थको परिणाम पत्ता लगाउन अध्ययन जरुरी रहेको उनको भनाइ छ ।

भूगर्भविद्हरूले खानीको अध्ययन सुरु गरेपछि गाउँपालिकाले पनि चासो राखेको छ । अध्ययन टोलीले प्रारम्भिक अध्ययन गरेपछि सम्भावना राम्रो देखिएमा विस्तृत अध्ययन र परीक्षणका लागि आफूहरूले पहल गर्ने सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए । ‘अनुसन्धानका क्रममा तामा, फलाम र सिसा रहेको साबित भएमा गाउँपालिकाले उत्खनन सुरु गर्नेछ,’ उनले भने, ‘यहाँको खानी उत्खनन गर्न सकियो भने उत्पादन र रोजगारीमार्फत आर्थिक रूपमा सम्पन्न बनाउन सकिनेछ ।’ अहिले नमुना परीक्षणको मात्रै काम सुरु भएकाले अनुसन्धानले तामा र फलामको गुणस्तर पनि पत्ता लाग्ने उनले बताए । अनुसन्धानपछि तामा र फलाम खानीको गहिराई पहिचान हुनुका साथै त्यसको मात्रा पनि निर्धारण हुने उनले जनाए ।

‘अहिले सामान्य नमुना मात्रै परीक्षणका लागि लगिएको छ, त्यसको नतिजा आइसकेपछि पुनः अनुसन्धान हुनेछ,’ उनले भने, ‘यदी गुणस्तरीय तामा र फलाम खानी भेटियो भने केन्द्र सरकारको अनुमतिमा गाउँपालिकाले आफैं वा निजी क्षेत्रलाई उत्खननका लागि दिन पनि सक्छौं ।’ खानी पत्ता लागेमा गाउँपालिकाले रोयल्टी लिने गरी खानीको जिम्मा केन्द्र सरकारलाई नै दिन पनि सक्ने उनको भनाइ छ ।

भार्सेमा पृथ्वीनारायण शाहका पालादेखि राणाकालसम्मै तामा र फलामको उत्खनन भएको भए पनि आधिकारिक इतिहास भने नभएको पौडेलले सुनाए ।

पहिलेदेखि नै भार्सेका तामाखानीबाट तामा उत्खनन भएको अवशेष फेला परेका कारण थप अनुसन्धानका लागि आफूहरूले पहल गरेको सत्यवती–८ भार्सेका वडाध्यक्ष होमबहादुर रानाले बताए । ‘पहिलेदेखि नै यहाँ तामा खनेको ठाउँ भेटिएको छ, यसलाई थप अनुसन्धान गरेर उत्खनन गर्ने गरी पहल गरेका हौं,’ उनले भने ।

तत्कालीन गुल्मी राज्यअन्तर्गतको अर्कुलका लागि तामा र फलाम उत्खनन गर्न विसं १७५० को दशकमा मगर समुदायका ३ परिवार भार्सेमा आई बसेको इतिहास छ । तर, सरकारले खानीजन्य गतिविधिमा प्रतिबन्ध लगाएपछि यहाँ भइरहेको उत्खननकार्य बन्द भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित