कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

गुल्मीको रिडिमा देशकै पहिलो तीनमुखे पुल (तस्वीरहरु)

पछिल्लो समय नेपालमा बन्दै गरेका र बनेका विभिन्न पुल, पार्क, सडकजस्ता भौतिक संरचना सामाजिक सञ्जालमा भाइरल भएका छन् । अहिले आन्तरिक पर्यटन फस्टाउँदै गएको छ । यसैगरी भौतिक पूर्वाधारहरू पनि पर्यटकीय सम्भावनाका साथ निर्माण हुन थालेका छन् ।

नेपालमै पहिलोपटक रिडीमा बनेको तीनमुखे झोलुंगे पुल पनि आन्तरिक तथा बाह्य पर्यटकको राम्रो गन्तव्य बनेको छ । लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडी अहिले तीनमुखे पुलका कारण थप चर्चामा आउन थालेको छ ।
०७१ सालमा तत्कालीन गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारी र तत्कालीन मुख्य सचिव लीलामणि पौड्यालले यस पुलको शिलान्यास गरेका थिए । १५ असार ०७१ मा नौ करोड ८८ लाख २६ हजार तीन सय ३२ रुपैयाँको लागतमा नयाँबाटो–रुविना–मना जेभीले निर्माण कार्यको सम्झौता गरेको थियो ।


पुलमा २५ मिटर उचाइसहितको भ्युटावर, तीन जिल्लाको तीनैतर्फ एक सय ७७ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ ।

कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको पिल्लर निर्माण भएको छ । प्रत्येक लुठाको दुईतिर जाली, लाइटिङ, टपमा सोलार र भर्‍याङ, रेलिङ निर्माण र झन्डा राख्ने संरचना निर्माण गरिएको छ । यो पुलले स्याङ्जाको कालीगण्डकी गाउँपालिका– १ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका– १४ अर्गली र गुल्मीमा रुरु क्षेत्र गाउँपालिका– १ रिडी जोडेको छ ।

चार धाममध्येको एक रुरु

रुरु क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा तीन जिल्लाको मुख्य संगम स्थल हो । जहाँ कालीगण्डकी नदी बग्छ । नेपालको चार धाममध्येको एक हो रुरु क्षेत्र । जसलाई नेपालको बनारस भन्ने गरिएको छ । रुरु क्षेत्र धार्मिक पर्यटकीय गन्तव्य हो । रुरु क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण रहेको ऋषिकेश मन्दिरका पण्डित ओमप्रसाद भट्टराईले बताए । रुरुक्षेत्रमा भृगुतुंग र गलफुल गुफा रहेका छन् । रुरु क्षेत्रमा साना–ठूला गरेर एक सयभन्दा बढी मन्दिर छन् ।

रिडीमा मुख्य गरी माघेसक्रांन्तिमा तीन दिन र ऋषिकेश उत्सवमा दुई दिन ठूलो मेला लाग्ने गर्दछ । वर्षभरिको औँसी, पूर्णिमा, ग्रहण तथा वैशाख महिनाको प्रत्येक शनिबार मेला लाग्ने भट्टराईले जानकारी दिए ।

भगवान विष्णुको प्रतीक मानिने शालिग्रााम शिला पनि रिडीमा पाइन्छ । त्यसैले यो क्षेत्र दुर्लभ शालिग्रााम पाइने स्थानका रूपमा पनि चिनिएको छ । रिडीमा राडीपाखी, डोका, डाला, नाम्ला, कम्बल, घिउ, चाकु, तरुल, खुदो, उखु, कफी, अदुवा, लिचीलगायतका स्थानीय उत्पादन पनि प्रख्यात मानिन्छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित