चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ वटा पुरस्कार वितरण गर्दै रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै शान्तिपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७ सयको निःशुल्क उपचार गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति तराईमा फेरि चल्न थाल्यो तातो हावा गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर लुम्बिनीबाट सगरमाथा लगियाे अखण्ड शान्ति दीप चार प्रदेशका पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना पोखरादेखि तम्घास आउँदै गरेको बस फलाटेमा दुर्घटनाः १२ जना घाइते परिवारले अन्तेष्टी गरिसकेको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन्                
समाचार :

गायक निशान भट्टराईको दाम्पत्य जीवनमा दरार आएको हो ?

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले दुई वर्षअघि विवाह गरे । २०७७ सालमा यी दुईबीच कानुनी विवाह भयो ।

दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरुले कानुनी विवाहमा परिणत गरेका थिए । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप बनेयता निशान चर्चित बने । लगत्तै उनले प्रेमिका ऋचालाई विवाह गरे ।

अब भने यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान छ । दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेका छन् भने एकअर्कासँगको तस्वीर पनि डिलिट गरेका छन् ।

ऋचाले इन्स्टाग्राममा निशानलाई अनफलो गरेकी छन् । उनको अकाउन्टमा बिहे र निशानसँगका तस्वीर गायब छन् । निशानले आफ्नो आधिकारिक फेसबुकबाट पनि ऋचासँगका र बिहेका तस्वीर हटाएका छन् ।
अनफलो र तस्वीर हटाउने कार्यले यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गर्न सकिन्छ । उनीहरु निकट स्रोतहरुले पनि उनीहरु केही समयदेखि अलग रहँदै आएको बताएका छन् ।

नेपाल आइडलबाट चर्चामा आएका निशान पछिल्लो समयका चर्चित गायक हुन् भने ऋचाले चाहिं निशानले गाएको गीत ‘लाउर जाने रेल’मा अभिनय गरेकी छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार