तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

तिलोत्तमा मेलामा जेरीको रोचक प्रस्तुति

तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा नाइट कन्सर्ट अन्तर्गत सोमबार गायिका बबिता बानिया (जेरी) ले दर्शकहरुबीच रोचक प्रस्तुति दिइन् ।

जेरीले केही भावुक र केही हाँस्य विधाका गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन प्रदान गरिन् । भर्खरै पतिसंग सम्बन्ध बिच्छेद गरेकी जेरीले भावुक गीत गाउँदा दर्शकहरुले उत्सुकताका साथ हेरे र मौन सहानुभूति प्रकट गरे । उनका हाँस्य विधाका गीतमा हौसला प्रकट गरेर तालीले साथ दिए ।

मेलामा लोकप्रिय गायक गायिकाहरु भागिरथ चलाउने, हाँस्य कलाकार पुर्खे बा, रितु कंडेल, विकास भट्टराई, उद्घोषक दुर्गा गुरुङ लगायतले रोचक प्रस्तुति दिए । मेलामा तिलोत्तमा डान्स आईडल, मम्मी डान्स लगायतका प्रतियोगिता पनि चलिएरहेका सांस्कृतिक उपसमिति संयोजक युवराज पराजुलीले बताए ।

यसैबीच मेलामा मंगलबार लोकप्रिय गायक गायिकाहरु बद्री पंगेनी, शान्तारानी परियार, विक्रमबाबु विक, भुवन अधिकारी, दिपेन्द्र ओली, उद्घोषक गोपाल अधिकारी, विकास भट्टराई लगायतको प्रस्तुति रहनेछ । नाईट कन्सर्टमा डिजे बिक्की ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा गतसातादेखि सुरु भएको मेलामा शनिबार दर्शक उपभोक्ताको चाप बढेपछि दर्शक उपभोक्ताकै माग अनुसार मेलाको अवधि दुई दिन थप गरिएको मूल आयोजक समिति संयोजक एवं तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले बताए ।

मेलाको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । महोत्सवमा २ सय ४१ स्टलहरु सहभागी रहेका छन् । मेला २८ मंसिरमा सकिने छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित