नेपाली बजारमा नथिङको नयाँ स्मार्टफोन ‘फोन (४ए)’ सार्वजनिक  सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
समाचार :

 नेपाली बजारमा नथिङको नयाँ स्मार्टफोन ‘फोन (४ए)’ सार्वजनिक

बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङले आफ्नो नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक वितरक चौधरी ग्रुप (सीजी) मार्फत सार्वजनिक गरिएको उक्त स्मार्टफोनको मूल्य रु. ५९ हजार ९९९ निर्धारण गरिएको छ।

फोन सार्वजनिकसँगै कम्पनीले सीमित अवधिका लागि खरिदकर्तालाई करिब रु. ५ हजार ९९९ मूल्य बराबरको सीएमएफ बड्स निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।

कम्पनीका अनुसार ‘बी’ सिरिजअन्तर्गतको यो पहिलो स्मार्टफोन आकर्षक डिजाइन, उच्च कार्यसम्पादन, स्मार्ट सफ्टवेयर र दीर्घकालीन विश्वसनीयतालाई ध्यानमा राखेर विकास गरिएको हो। यसमा शक्तिशाली स्न्यापड्रागन प्रोसेसर, ५ हजार २०० एमएएच क्षमताको ब्याट्री, ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२० हर्ज रिफ्रेस रेट भएको डिस्प्ले तथा नथिङ ओएससँगै विभिन्न कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

डिजाइनका दृष्टिले २० भन्दा बढी अवधारणामध्ये अन्तिम स्वरूप छनोट गरिएको कम्पनीको दाबी छ। पारदर्शी क्यामेरा मोड्युल, थ्री–डी कर्भ एज, इको–पोलिकार्बोनेट युनिबडी र तीन तहको सुरक्षात्मक कोटिङका कारण फोन आकर्षक, मजबुत तथा फिङ्गरप्रिन्ट प्रतिरोधी बनेको कम्पनीले जनाएको छ।

फोनमा धुलो तथा पानी प्रतिरोधी सुविधा रहेको छ भने ६०० न्यूटनसम्मको दबाब सहन सक्ने मजबुत संरचना प्रयोग गरिएको कम्पनीको भनाइ छ। यो स्मार्टफोन कालो, सेतो र निलो गरी तीन रंगमा उपलब्ध हुनेछ।

यसमा परिष्कृत ग्लिफ इन्टरफेस समावेश गरिएको छ, जसले सूचना, चार्जिङ अवस्था, रेकर्डिङ तथा व्यक्तिगत अलर्ट स्क्रिन नहेरी पनि सहज रूपमा थाहा पाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ५ हजार २०० एमएएच ब्याट्रीले करिब १८ घण्टासम्म मिश्रित प्रयोग, २२ घण्टासम्म युट्युब भिडियो हेर्ने तथा २६ घण्टासम्म इन्स्टाग्राम प्रयोग गर्ने क्षमता प्रदान गर्छ। फास्ट चार्जिङ प्रविधिका कारण करिब ३० मिनेटमा ५० प्रतिशत र एक घण्टाभन्दा केही बढी समयमा पूर्ण चार्ज गर्न सकिने कम्पनीको दाबी छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित