गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस, २ मा विष्ट-झाँक्रीसहित ६ जना रेसुङ्गा विमानस्थलबाट सातामा चार दिन नियमित उडान देवस्थल मन्दिरमा पुष शुक्ल पूर्णिमाको अवसरमा सन्ध्याकालिन महाआरती बहुबिवाहको अभियोगमा पक्राउ परेका डिएसपी मधु नेपाल पुर्पक्षका लागि कारागार चलान रोटरी क्लव अफ सेन्ट्रल बुटवल द्वारा मृगौला तथा मुटु पिडितहरुलाई व्लाङकेट वितरण दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट शनिबार बुटवल सडक खाना महोत्सव समापन औद्योगिक प्रदर्शनीको समापन, लक्ष्य अनुसारको अवलोकन र कारोबार औद्योगिक प्रदर्शनीको आज समापन, अन्तिम समयमा बढ्यो सहभागीको चाप बुटवलमा जारी १६ औं राष्ट्रिय महोत्सवमा आयोजित लोकदोहोरी प्रतियोगिताको उपाधि खस्यौली रोधी घरलाई                
समाचार :

रेसुङ्गा विमानस्थलबाट सातामा चार दिन नियमित उडान

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्ताको चार दिन नियमित हवाई उडान सञ्चालन हुँदै आएको छ । नेपाल एअरलाइन्सको जहाजमार्फत आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भइरहेका छन् ।

रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार पछिल्लो समय अधिकांश उडान तालिकाअनुसार सञ्चालन भइरहेका छन् । लामो समयसम्म उडान अनियमित हुँदा समस्या भोग्दै आएका जिल्लावासीका लागि अहिलेको नियमितताले हवाई यात्रामा उल्लेखनीय सहजता ल्याएको छ ।

गत शनिबार जहाज निर्धारित समयभन्दा केही ढिलो गरी बिहान ११ बजेर २९ मिनेटमा रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । नियमित तालिकाअनुसार काठमाडौंबाट बिहान ६:३० बजे र गुल्मीबाट काठमाडौंतर्फ बिहान ७:४५ बजे उडान हुने व्यवस्था छ ।

नियमित हवाई सेवाले जिल्लाको व्यापार, पर्यटन तथा समग्र सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने रेसुङ्गा नगरपालिका–१० का पूर्व वडाध्यक्ष पदमप्रसाद अर्यालले बताए ।

काठमाडौंसहित अन्य स्थानसँग गुल्मीलाई हवाई मार्गबाट जोड्ने उडानले सर्वसाधारण, बिरामी, सरकारी तथा निजी क्षेत्रका कर्मचारी र व्यवसायीहरूलाई ठूलो राहत मिलेको छ ।

विशेषगरी आकस्मिक उपचारका लागि राजधानी जानुपर्ने बिरामीहरूका लागि हवाई उडान जीवनरक्षक साधनका रूपमा रहेको स्थानीयको भनाइ छ ।

हाल काठमाडौं–रेसुङ्गा हवाई भाडा ७ हजार ५ सय रुपैयाँ र रेसुङ्गा–काठमाडौं ७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

दिउँसोको समयमा हावा चल्ने सम्भावना बढी हुने भएकाले सुरक्षालाई ध्यानमा राख्दै उडानहरू बिहानै सञ्चालन गरिँदै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित