कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

लुम्बिनी प्रदेशमा सरकार कसको बन्ला ?

रुपन्देही । लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद निर्वाचित भएका छन् । सरकार बनाउन ४४ सिट आवश्यक पर्छ । तर सरकार बनाउने गरी कुनै दलको बहुमत पुगेन । एक दलबाट आवश्यक मत नपुगेपछि सत्ता पक्षीय दल र इतर दलहरू ध्रुवीकरणसहित सरकार गठनको प्रारम्भिक छलफलमा जुटेका छन् । तर, कसको सरकार बन्ने हो र को मुख्यमन्त्री बन्लान् भन्नेबारे स्पष्ट भइसकेको छैन ।

अहिलेकै सत्तारुढ गठबन्धन कायम हुने हो भने लुम्बिनीमा कांग्रेसको २७, माओवादी केन्द्रको ९, नेकपा एस र जनमोर्चाको १/१ गरी ३८ सांसद हुन्छन् । सरकार बनाउन सत्तारुढ गठबन्धनलाई ६ सिट अपुग हुन्छ । स्वतन्त्रका ३ उम्मेदवार माओवादी केन्द्रबाट बागी उठेकाले उनीहरूसहित पहिलो पटक संसदीय अभ्यासमा निर्वाचित भएका नागरिक उन्मुक्तिका ४ वा सिके राउत नेतृत्वको जनमतका ३ सांसदमध्ये जो सुकैलाई मिलाएर सरकार निर्माण गर्ने सत्ता गठबन्धनको तयारी छ ।

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ १८ सिट जितेको एमालेले समानुपातिकतर्फ ११ सिट प्राप्त गर्दै २९ सिटसहित सबैभन्दा ठूलो पार्टी भएको छ । चुनावी तालमेल अनुसार सरकार बनाउन राप्रपाका ४ र जसपाको ३ जोड्दा ३६ सांसद हुन्छन् । कुनै २ साना दल मिलाएर ८ मत थप्न सके आफ्नो सरकार बन्ने भन्दै एमाले पनि पर्ख र हेरको अवस्थामा छ ।

लुम्बिनी प्रदेशमा एमालेले सरकार बनाउने अवसर पाए पोलिटब्युरो सदस्य लीला गिरी मुख्यमन्त्री बन्ने पक्का पक्की जस्तै छ । तर, सरकार बन्ने बलियो सम्भावना भएको सत्तारुढ गठबन्धनमा भने मुख्यमन्त्री को बन्ने भन्नेबारे विवाद छ । ठूला दल माओवादी केन्द्र र कांग्रेस दुवैले एकल नाम दिन सकेको छैनन् । माओवादी केन्द्रमा रोल्पाका जोखबहादुर महरा कि दाङका इन्द्रजीत थारु भन्नेमा विवाद छ । कांग्रेसमा केन्द्रीय सदस्य रुपन्देहीका अब्दुल रज्जाक, महासमिति सदस्य दाङका डिल्लीबहादुर चौधरी र प्रदेश उपसभापति दाङकै राजु खनाल मुख्यमन्त्रीका आकांक्षी छन् ।

कसैको स्पष्ट बहुमत नहुँदा अघिल्लो पटक लुम्बिनी प्रदेशमा २ पटक मुख्यमन्त्री र १२ पटक मन्त्री परिषद परिवर्तन भयो । राजनीतिक दलको ध्यान जनताका आवश्यकता पूरा गर्ने भन्दा पनि सरकार जोगाउने र ढलाउनेमा बित्यो । यसपालि त्यस्तो हुन नदिन दलहरू सचेत हुनै पर्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित