युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

न्यारोबडी जहाजबाट काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान, १५७ यात्रु भैरहवाबाट उडे

गन्तव्यमा पुग्न नसकेर अलपत्र यात्रुको उद्धारका लागि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार मध्यान्न काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान गरेको छ । निगमको १ सय ५८ सिट क्षमताको एयरवस ३२० ले उडान भैरहवाबाट उडान भरेको हो । काठमाडौंबाट दिउँसो ३ बजेर ४२ मिनेटमा भैरहवा ल्याण्ड गरेको न्यारोबडीले बेलुका साढे पाँच बजे १ सय ५७ जना यात्रु लिएर काठमाडौं फर्किएको थियो ।

काठमाडौंबाट भैरहवा आउँदा उक्त जहाजमा ७६ जना यात्रु आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापवावु तिवारीले जानकारी दिए । नियमित उडान भर्दै आएका जहाजमा टिकट नपाएपछि भैरहवामा यात्रुहरु अलपत्र परेका थिए । जरुरी कामले काठमाडौं जानुपर्ने यात्रुहरु अलपत्र परेपछि सरकारले न्यारोबडीमार्फत् उडान गर्ने निर्णय गरेको थियो ।

‘चार्टर्ड उडानले जरुरी काम भएका यात्रुलाई धेरै सहज भएको छ’, तिवारीले भने, ‘विमानस्थल, नेपाल वायुसेवा र सरकारको पहलले यो सम्भव भएको हो ।’ आइतबार भैरहवाबाट न्यारोबडीले उडान भर्ने सूचनापछि उत्साहित भएर गौतमबुद्ध विमानस्थल पुगेका यात्रु उडान स्थगित भएको सूचनापछि निराश बनेर फर्किएका थिए । तर, सोमबार उडान भएपछि सर्वसाधरण शुखी भएका छन् ।

अन्य समयमा भैरहवा–काठमाडौं दैनिक १८ देखि २० वटा नियमित उडान हुँदै आएका छन् । तर, दसैं मान्न विभिन्न जिल्ला पुगेका यात्रुहरु सडक संजाल बन्द भएपछि अलपत्र परेका थिए । बुद्ध, यति र श्री एयरले उडान थप गरे पनि टिकट नपाएपछि यात्रुले टिकट नपाएको गुनासो गरेका थिए ।

यसपछि न्यारोबडीबाट उद्धार उडान गरिएको हो । न्यरोबडीले काठमाडौंबाट बैदेशिक रोजगारीमा जाने टिकट लिएका यात्रु, विरामी, अशक्त र बृद्धबृद्धालाई प्राथमिकतामा राखेर उडान गरेको विमानस्थलले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित