जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

आज कोजाग्रत पूर्णिमा, देवस्थल मन्दिरमा महाआरती (तस्वीरहरु)

आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाउँने दिन ।

कोजाग्रत पूर्णिमाको अवसरमा आज बुटवल–११ योगिकुटी स्थित देवस्थल मन्दिरमा सन्ध्याकालिन महाआरती सम्पन्न भएको छ ।

आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड समाप्त हुन्छ ।

धार्मिक एवं ऐतिहासिक धरोहरको रुपमा रहेको देवस्थल मन्दिर परिषरमा कोजाग्रत पूर्णिमाको अवसरमा मानव कल्याण, जीवकल्याण र विश्वशान्तिको कामना सहित महाआरती गरिएको हो ।

महाआरतीमा बुटवल, तिलोत्तमा, शुद्धोधन, सैनामैना, देवदह, भैरहवा लगाएतका स्थानबाट भक्तजनको उपस्थिती रहेको थियो ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न महाआरतीमा सयौ भक्तजनहरुको उपस्थिती रहेको थियो ।

देवस्थल मन्दिरमा प्रत्येक महिनाको पूर्णिमामा महाआरती हुँदै आएको छ । देवस्थल मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा शर्माले ‘महाआरती’ ले धार्मिक पर्यटन प्रवद्र्धन गरेको बताईन ।


साथै उनले समाजमा नैतिकता सदाचार र मर्यादाका लागि धार्मिक समारोहको महत्वपूर्ण भूमिका हुने महाआरतीले मानव भित्र रहेका विकार तत्वहरु कोध, मोह, लोभ, काम बाट छुट्कारा दिलाउनुका साथै मानव जीवनका दुःख कष्ट बिध्नबाधा बाट मुक्त गरी मानव जीवनमा ज्ञात, अज्ञातमा हुने कुर्कम बाट मुक्ती प्राप्त हुने, पितृ उद्दार एवं पितृ दोष बाट मुक्त हुने बताईन ।

आरतीमा विशेषगरी धुप, घ्यू, ल्वाङदानी, कपुर, फूलपाती, मयुर पङ्ख, सेतो चमर, अलैँचीदाना, लाछी घागो लगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिएको थियो । सङ्गीतमय रूपमा शङ्ख उद्घोषबाट सुरु र अन्त्य गरिने महाआरतीमा प्रत्येक पूर्णिमामा भक्तजनहरूको सहभागिता बढ्दै गएको समितिका बरिष्ठ उपाध्यक्ष कमल नेपालले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित