लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

विवाह गीत ‘नयाँ घरमा’ सार्वजनिक

नेपाली विवाह संस्कृतिमा आधारित नयाँ गीत ‘नयाँ घरमा’ सार्वजनिक भएको छ । ‘नयाँ घरमा’ गीतले नेपाली समाजमा विवाह संस्कारको महत्व, दुलहीको नयाँ घर प्रवेशको भावनात्मक पक्ष तथा परिवारबीचको आत्मीयतालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।

गायक श्रीधर अधिकारी र गायिका देवी घर्ती मगरको स्वरमा रहेको यो गीतमा कलाकार मुकु सुवेदी र सुस्मा सापकोटाको अभिनय रहेको छ । पञ्चे बाजा शैलीमा रचित यस गीतका शब्द सुस्मा सापकोटाले लेख्नुभएको हो भने संगीत राजन अधिकारीले भर्नुभएको छ । गीतलाई आधुनिक स्वाद दिनका लागि एरेन्ज, मिक्सिङ र मास्टरिङको काम एचबीएन किस्मतले गर्नुभएको हो । गीतको रेकर्डिङ १ डि.बी. एचडी नेक्स्ट लेभल स्टुडियोमा गरिएको हो ।

गीतको कथा तथा निर्देशन मुकु सुवेदीले गर्नुभएको छ । भिडियोमा सुवेदी स्वयं र गायिका तथा मोडल सुस्मा सापकोटाले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ । छायांकनमा सुरज घिमिरे ‘सेन’, सागर महत, समिप चौधरी र बिपिन ज्ञवाली हुनुहुन्छ भने सम्पादन तथा कलर ग्रेडिङ ८८ सुरज घिमिरे ‘सेन’कै रहेको छ ।

भिडियोको पोस्टर डिजाइन उत्तम कुमार कार्कीले गर्नुभएको छ । राजेन्द्र अर्याल र सन्तोष सापकोटा प्राविधिक सल्लाहकारको भूमिकामा हुनुहुन्छ । सम्पूर्ण पोस्ट–प्रोडक्सनको जिम्मेवारी शुभा इभेन्ट्सले निर्वाह गरेको छ।

२८ सेप्टेम्बर २०२५ मा मुकु सुवेदीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले छोटो समयमा नै राम्रो चर्चा पाएको छ । प्रकाशन भएको केही दिनमै गीतलाई १२ हजारबढी दर्शकले हेरेका छन् भने ४५० भन्दा बढीले लाइक गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित