दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

रविलाई एसी छैन, बरु बस्ने कोठामा झ्याल थुनिएको र पत्रपत्रिका नदिइएको पाइयोः मानव अधिकारी आयोग

राष्ट्रिय मानवअधिकार आयोगको टोलीले भैरहवा आएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटघाट गरी कारगारको अवस्थाबारे जानकारी लिएको छ । सोमबार बिहान ११ बजे आयोगको टोली भैरहवास्थित जिल्ला कारागार आएको हो ।

कारागारमा पुगेर रविलाई भेटेपछि आयोगकी आयुक्त लीली थापाले रुपन्देही कारागारमा कैदीबन्दीका लागि न्युनतम सेवासुविधा र कारागारमा हुनुपर्ने कुनै मापदण्डको पलना नगरिएको बताइन् । उनले भनिन्, ‘कैदीबन्दीहरु एकआपसमा कोचाकोच गरेर सुत्नुपरेको रहेछ, क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ । पुराना भवन जीर्ण छ’, उनले भनिन् ।

यस्तै, थापाले लामिछानेलाई कारागार स्थानान्तरण गर्न रोकिएको सम्वन्धमा गम्भीर चासो व्यक्त गरिन् । ‘उहाँले कारागार सरुवाका लागि निवेदन दिएर अदालतले पनि अनुमति दिइसकेको रहेछ । तर, के कारणले हो अहिलेसम्म सरुवा गरिएको छैन । यो गम्भीर विषय हो । यसबारे म काठमाडौं गएपछि आयोगको टीमसँग छलफल गरेर विस्तृत बाहिर ल्याउँछौं ।’

उनले यस विषयमा काठमाडौं गएर कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने पनि जानकारी दिइन् । लामिछानेलाइ राखिएको ब्लकको झ्याल थुनेर र हिंडडुल गर्न नदिएर मानवअधिकार हनन् भएको उनले बताइन् । शौचालय पनि राम्रो नरहेको र बाहिर आएको जस्तो लामिछाने बस्ने ठाउँमा एसी, कुलर केही नभएको आयोग सदस्य थापाको भनाई छ । ‘दुईवटा पंखा छन्, बस्ने ठाउँ केही फराकिलो भए पनि शौचालय एकैठाउँमा छ, यो कुनै मापदण्ड होइन् ।’

लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देहीको भैरहवा कारागारमा थुनामा छन् । आयोगले सय दिनसम्म बन्दी कक्षबाट बाहिर हिंडडुल गर्न नदिएर लामिछानेमाथि मानवअधिकारको हनन गरिएको बताएको छ ।

सुरक्षाको कारण देखाएर लामिछानेलाई राखिएको कोठाको झ्याल थुनिएको आफूहरुलाई कारागार प्रशसनले जानकारी गराएको बताउँदै थापाले यसमा आपत्ति जनाइन् । कारागार व्यवस्थापनले झ्याल बन्द गरेर र लामिछानेलाई स्वच्छ हावामा हिंडडुल गर्न नदिएर न्युनतम मानव अधिकार हनन गरेको प्रतिक्रिया उनको छ ।

कारागार अनुगमन पछि सञ्चारकर्मीशीत कुरा गर्दै उनले भनिन्, ‘लामिछानेको कोठामा दुइटा पङ्खा छ । शौचालयको अवस्था नाजुक देखियो । साथै कारागारमा पत्रपत्रिका नआउने भएकाले पढ्ने सुविधा पनि भएको पाइएन ।’

आयोगकी सदस्य थापाको नेतृत्वको टीमले भैरहवास्थित कारगारमा लामिछानेलाई राखिएको ब्लक नम्बर ४ र अन्य कैदीबन्दीलाई राखिएको भवन अनुगमन गरेको हो । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई कारागार प्रशासनले उपलब्ध गराएका सेवा सुविधाबारे विभिन्न खबर सार्वजनिक भएपछि यथार्थ बुझ्न अनुगमन गरिएको आयोगले जनाएको छ । मानवअधिकार आयोग लुम्बिनीका प्रमुख हरि ज्ञवाली, इन्सेक जिल्ला प्रतिनिधि रीमा बीसी अनुगमन सहभागी थिए ।

लामिछानेलाई राखिएको ब्लकमा आयोग सदस्य थापाले लामिछानेसित भेट गरेकी हुन् । इन्सेन रुपन्देही प्रतिनिधि विसीले बाहिर आएको जस्तो सुविधै नभएको र अधिक सुविधा भएको भन्ने नरहेको जनाइन् । ‘तर, कारागारमा हुनुपर्ने न्युनतम मापदण्ड रविजी मात्रै होइन्, कुनै कैदीबन्दीले पनि पाउनु भएको छैन’, उनले भनिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित