सत्तापक्षकै असन्तुष्टिले लुम्बिनीको बजेट रोकियो आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष, जेडआरआर डा. आबिष्कार पराजुलीको नेतृत्वमा “द क्लोजिङ च्याप्टर” सम्पन्न रूपन्देहीको विद्युत सभ स्टेशनभित्र १५ वटा अजिंगर रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित                
समाचार :

श्रावण शुक्ल पूर्णिमाको अवसरमा देवस्थल मन्दिरमा महाआरती (फोटो फिचर)

बुटवल । बुटवल–११ योगिकुटी स्थित देवस्थल मन्दिरमा श्रावण शुक्ल पूर्णिमाको अवसरमा सन्ध्याकालिन महाआरती सम्पन्न भएको छ ।
धार्मिक एवं ऐतिहासिक धरोहरको रुपमा रहेको देवस्थल मन्दिर परिषरमा मानव कल्याण, जीवकल्याण र विश्वशान्तिको कामना सहित महाआरती गरिएको हो । महाआरतीमा बुटवल, तिलोत्तमा, शुद्धोधन, सैनामैना, देवदह, भैरहवा लगाएतका स्थानबाट भक्तजनको उपस्थिती रहेको थियो ।

देवस्थल मन्दिरमा प्रत्येक महिनाको पूर्णिमामा महाआरती हुँदै आएको छ । देवस्थल मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा शर्माले ‘महाआरती’ ले धार्मिक पर्यटन प्रवद्र्धन गरेको बताईन ।

साथै उनले समाजमा नैतिकता सदाचार र मर्यादाका लागि धार्मिक समारोहको महत्वपूर्ण भूमिका हुने महाआरतीले मानव भित्र रहेका विकार तत्वहरु कोध, मोह, लोभ, काम बाट छुट्कारा दिलाउनुका साथै मानव जीवनका दुःख कष्ट बिध्नबाधा बाट मुक्त गरी मानव जीवनमा ज्ञात, अज्ञातमा हुने कुर्कम बाट मुक्ती प्राप्त हुने, पितृ उद्दार एवं पितृ दोष बाट मुक्त हुने बताईन ।

शनिबार सम्पन्न महाआरती लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने  बुटवल उपमहानगरपालिका वडा नंं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको विशेष आतिथ्यता रहेको थियो । महाआरतीमा स्थानिय बुद्धिजिवि, युवा नेताहरु सहित ३ सय भन्दा बढिको सहभागिता रहेको थियो ।

आरतीमा विशेषगरी धुप, घ्यू, ल्वाङदानी, कपुर, फूलपाती, मयुर पङ्ख, सेतो चमर, अलैँचीदाना, लाछी घागो लगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिएको थियो । सङ्गीतमय रूपमा शङ्ख उद्घोषबाट सुरु र अन्त्य गरिने महाआरतीमा प्रत्येक पूर्णिमामा भक्तजनहरूको सहभागिता बढ्दै गएको समितिका बरिष्ठ उपाध्यक्ष कमल नेपालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित