५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव                
समाचार :

थाई एयर एशियाले भैरहवाबाट फेरी उडान भर्ने

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाईल्याण्ड मुख्यालय रहेको वायुसेवा कम्पनी थाई एयर एशियाले पुनः व्यावसायिक उडान गर्ने भएको छ ।

गत कार्तिक १८ गतेदेखि यस विमानस्थलबाट व्यावसायिक उडान थालेको कम्पनीले विभिन्न कारण देखाउँदै बीचमा उडान स्थागित गरेको थियो ।

केही समय अघि कम्पनीले भैरहवा विमानस्थलबाट उडान अनुमतिको माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा पेश गरेको निवेदनसहितको ‘विन्टर सेड्युल’ स्विकृत भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले क्लिक लुम्बिनीलाई जानकारी दिए ।

उनले थाई एयर एशियाले अगामी कार्तिक ९ गते देखि साताको दुई दिन आईतबार र बधुवार उडान गर्ने तालिका रहेको बताए । विमान कम्पनीले विगत जस्तै बैंकक–भैरहवा–बैंकक सिधा उडानको अनुमति पाएको छ ।

हाल विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान छैन । सरकारले अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई भैरहवाबाट सेवा प्रदान गर्दा विभिन्न सहुलियत दिने भएपनि उनीहरु उडानका लागि आएका छैनन् ।

नेपाल एयरलाईन्सले समेत यस विमानस्थललाई छाडेर काठमाडौं केन्द्रित मात्र सेवा प्रदान गर्दा सरकारको आलोचना हुँदै आएको छ । विगतमा भैरहवा विमानस्थलबाट नेपाल एयरलाईन्सका साथै कतार एयरवेज, फ्लाई दुबई, थाई एयर एशिया र जजिरा एयरवेजले उडान भरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित