मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता

बुटवल सुप्रिम सहकारी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि पूरक अनुसन्धानमा उजुरी दिएका बचतकर्ताहरूले एकपछि अर्को गर्दै रविविरुद्ध उजुरी नदिएको सार्वजनिक गर्न थालेका छन् ।

सहकारी ठगी मुद्दामा रुपन्देही कारागारमा रहेका लामिछानेविरुद्ध उजुरी नदिएको पछिल्लो एक सातामा ३ जना पीडितहरूले सामाजिक सञ्जालमा लेखेका छन् ।

जाहेरीकर्ताको पहिलो नम्बरमै नाम रहेकी रुपन्देही तिलोत्तमाकी पूजा न्यौपानेले आफूले रविविरुद्ध जाहेरी नदिएको सामाजिक सञ्जालमा लेखेकी छन् ।

यसअघि जाहेरीकर्ता नारायण बहादुर पहराई र गीता आचार्यले पनि रकम फिर्ताका लागि प्रहरीले अनुमतिविनै रविविरुद्ध आफूलाई प्रयोग गरेको सार्वजनिक रूपमै बताएका थिए ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट १ करोड धरौटीमा छाडिएका लामिछाने उच्च अदालतको आदेशमा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् ।

पूर्वडीआईजी छविलाल जोशी पनि उनीसँगै छन् । तर जीबी राईसहित अन्य फरार प्रतिवादीहरूलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीले उनीहरूलाई खोजी गर्नेतिर ध्यान नदिएको तर रविलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाएको रास्वपा कार्यकर्ताहरूले आरोप लगाउँदै आइरहेका छन् ।

सुप्रिम सहकारी ठगी प्रकरणमा सुरुमा रवि लामिछानेविरुद्ध जाहेरी परेकै थिएन । प्रहरीले पछि रविविरुद्ध पूरक जाहेरी आह्वान गरेर प्रतिवादी बनाएको रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरे बताउँछन् । सहकारी पीडितको रकम फिर्ता गर्नुपर्नेमा सरकारले रविलाई पक्राउ मात्रै गरेको बचतकर्ताहरू बुझ्न थालेका उनी बताउँछन् । ‘त्यसै कारण एकपछि अर्को गर्दै बचतकर्ताहरूले सामाजिक सञ्जालमा लेख्न थालेका हुन्,’ उनले भने ।

पूरक जाहेरीमा प्रहरीले नारायण पहराईसहित नाम सार्वजनिक गरेको थियो ।

रुपन्देही तिलोत्तमा निवासी पूजा न्यौपानेले पनि सुप्रिममा केही रकम बचत गरेकी थिइन् । त्यो रकम फिर्ता नपाएपछि आफूले निवेदन दिएको उनले फेसबुकमा लेखेकी छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित