तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का दिदै एमाले बन्यो पहिलो दल

लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति असफल भएको छ । कांग्रेस र माओवादीले एकलरुपमा लड्दा पनि जित्ने संभावना भएका क्षेत्रहरुमा यति ठूलो गठबन्धन हुँदा पनि प्रभावशाली नेताहरुले जित निकाल्न सकेनन् ।

प्रतिनिधि सभामा २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा नेपाली कांग्रेसले भागवण्डामा १४ क्षेत्र पाएकोमा ६ क्षेत्र मात्रै जितेको छ । नेपाली कांग्रेसले बलियो आधार मानेका र यसअघि पटक पटक चुनाव जितेका नवलपरासी २ का देवेन्द्रराज कंडेल, रुपन्देही ५ का भरत शाह, अर्घाखाँचीमा पुष्पा भुसाल, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह र रुपन्देही ३ मा बालकृष्ण खाणले फराकिलो मतान्तरले पराजय भोगेका छन् ।

गठबन्धनमा ७ क्षेत्र पाएको नेकपा माओवादी केन्द्रले ३ क्षेत्र मात्रै जितेको छ । यसअघि ७ क्षेत्रमा जितेको उसलाई ती क्षेत्र जोगाउन गठबन्धनको बलले समेत साथ दिएन । कपिलवस्तु १ मा माओवादी सचिव बलदेव, बाँके १ मा संघीय मन्त्री महेश्वर गहतराज, बर्दिया २ मा सुरेस पन्त यसअघि सो पार्टीले जितेका क्षेत्रमा पराजित भएका छन् भने माओवादी कोटामै टिकट पाएका पूर्वएमाले नेता घनश्याम भुसाल रुपन्देही १ मा फराकिलो मतान्तरले पराजित भएका छन् । माओवादीका लागि एमाले महासचिव शंकर पोखरेल हराउनु नै लुम्बिनीको ठूलो उपलब्धी बनेको छ ।
नेकपा एसले भागवण्डमा पाएको ४ सीटमध्ये १ मा उम्मेदारी खारेज भएर गुमेको छ भने ३ मध्ये १ सीटमा मात्रै जित भएको छ । पाल्पामा सोमप्रसाद पाण्डे, गुल्मीमा रामकुमारी झाँक्री बलियो गठबन्धन भएर पनि जित्न सकेनन् तर दाङमा मेटमणि चौधरी गठबन्धनको बलमा विजयी भएका छन् ।

गठबन्धनमा भएको जनमोर्चाले संघ र प्रदेशमा पाएको एक एक सीट गुमाएर रित्तै भएको छ । प्युठानमा मोहनविक्रम सिंहको श्रीमती दुर्गा पौडेललाई संघ तथा अर्घाखाँचीमा सागर केसीलाई प्रदेशमा भागवण्डामा उम्मेदार बनाएपनि जित्न सकेनन् ।

सत्ता गठबन्धन बलियो देखिए पनि उनीहरुको अन्तरद्वन्द्वमा एमाले खेल्यो र अधिकांश स्थानमा एकल लडेर पनि जीत निकाल्यो । कपिलवस्तुको क्षेत्र नं २ मा ३ सय मत, दाङको क्षेत्र नं २ मा १९२ मत र गुल्मीको क्षेत्र नं १ मा पनि निकै कम अन्तरमा एमालेका उम्मेदार पराजित भएका छन् ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा विजेताहरु

नेकपा(एमाले)

१ रुपन्देही–५ बासुदेव घिमिरे

२ अर्घाखाँची टोपबहादुर रायमाझी

३ प्यूठान सूर्य थापा

४ गुल्मी–२गोकर्ण विष्ट

५ बाँके–१ सूर्य ढकाल

६ कपिलवस्तु १ बलाराम अधिकारी

७ पाल्पा १ नारायण आचार्य

८ पाल्पा २ ठाकुर गैरे

९ रुपन्देही २ विष्णु पौडेल

१० कपिलवस्तु ३ मंगल गुप्ता

११ रुपन्देही १ छविलाल विश्वकर्मा

नेपाली कांग्रेस

१ बाके–३ किशोरसिंह राठौर

२ दाङ–३ दीपक गिरी

३ बर्दिया १ संजय गौतम

४ पश्चिमनवलपरासी १ विनोद चौधरी

५ गुल्मी १ चन्द्र भण्डारी

६ सुरेन्द्रराज आचार्य कपिलवस्तु २

नेकपा (माओवादी केन्द्र)

१ रुकुम पश्चिम पूर्णबहादुर घर्तीमगर

२ रोल्पा बर्षमान पुन

३ दाङ–२ रेखा शर्मा

राप्रपा

१ बाँके–२ डा. धवलशम्सेर राणा

२ नवलपरासी २ धु्रवबहादुर प्रधान

३ रुपन्देही ३ दीपक बोहोरा

स्वतन्त्र

१ बर्दिया–२ लालविर चौधरी

लोसपा

१ रुपन्देही–४ सर्वेन्द्रनाथ शुक्ल

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित