तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

कारागारमा रवि लामिछाने : खानामा दाल, भात, तरकारी नै रुचाउँछन्

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालतको आदेश अनुसार जिल्ला कारागार रुपन्देहीमा बसेको १० दिन पुगेको छ ।

चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै पक्राउ परेका लामिछानेलाई जिल्ला कारागार रुपन्देहीमा २५ गते ल्याइएको हो ।

जिल्ला कारागार प्रशासनले कोभिडको बेला निर्माण भएको एउटा सानो तथा छुट्टै कोठामा लामिछानेलाई राखेको छ । कोभिडको बेलामा त्यो कोठा निर्माण भए पनि प्रयोगमा आएको थिएन ।

अन्य कैदीसँग राख्दा लामिछाने असुरक्षित हुने भएकाले खाली कोठालाई प्रयोग गरिएको कारागार प्रशासनको भनाइ छ ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई कारागारमा भेटघाट गर्न खासै कोही आउँदैनन् । सामान्यतः दैनिक दुई/चार जनाबाहेक उनलाई भेट्न कोही आउने नगरेको कारागार प्रशासन स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कारागारभित्र लामिछानेले अध्ययनमा धेरै समय बिताउने गरेका छन् । ऐतिहासिक पुस्तकहरूमा उनको रुचि रहेको बताइएको छ । नेपाली र अङ्ग्रेजी भाषाका पुस्तक उनको रोजाइमा परेका छन् ।

लामिछानेले कारागारभित्रै पकाइएको खाना खाने गरेका छन् । त्यसमा सामान्यतया दाल, भात, तरकारी नै रहने स्रोतको भनाइ छ ।

कारागार प्रशासनले भित्र रेडियो सुन्न र फोन गर्ने व्यवस्था बन्दीहरूलाई मिलाएको छ । कहिलेकाहीँ रवि लामिछानेले पनि फोनको प्रयोग गर्ने कारागार स्रोतको भनाइ छ ।

कारागार प्रशासनले रवि लामिछानेलाई ‘तपाईंको केही माग छ ?’ भनेर समेत सोध्ने गरेको छ । जवाफमा उनले ‘केही छैन । जे छ, ठिकै छ । कारागार यस्तै हो’ भन्ने गरेको स्रोत बताउँछ ।

रवि लामिछानेका सहयोगीहरू उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुगेका छन् । सर्वोच्च अदालतले कैफियत आदेश मगाएको छ । त्यो आदेश हेरेपछि मात्रै सर्वोच्चले उनको बारेमा निर्णय लिनेछ ।

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसुर र सङ्गठित अपराध सम्बन्धी मुद्दामा जिल्ला अदालतको आदेश उल्टाउँदै रविलाई थुनामा पठाउने आदेश गरेको हो ।

रातोपाटी बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित