मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

पीडा जितेर उद्यमी बनेकी प्रतिमा

रूपन्देहीस्थित तिलोत्तमा- ३, शंकरनगरकी प्रतिमा पन्त चुरा, पोते, जुत्ता, चप्पल बिक्री गर्छिन् । २७ वर्षको उमेरमा श्रीमान् गुमाउँदाको पीडा भोगेकी प्रतिमाको काँधमा परिवारको जिम्मेवारी, छोराछोरीको शिक्षा, घर व्यवहारको जिम्मेवारी छ ।

यी जिम्मेवारी वहन गरिरहेकी प्रतिमाले आफ्नो व्यवसायलाई पनि अगाडि बढाइरहेकी छन् ।

प्रतिमाका श्रीमान् गंगाराम पन्त मालवाहक ट्रक चलाउँथे । २ असोज २०६७ मा गंगाराम बुटवलबाट स्याङ्जा जाँदै थिए । गंगारामले चलाएको ट्रक पाल्पाको आर्यभन्ज्याङमा दुर्घटनामा पर्‍यो । गंगारामको मृत्यु भयो ।

श्रीमान्‌को मृत्यु हुँदा प्रतिमाको छोरो ४ वर्षको थियो छोरी ८ वर्षकी थिइन् । जानकीनगरमा एकतले घर थियो ।

उनलाई श्रीमान् गुमाउँदाको पीडा त थियो नै, सँगसँगै आगामी दिनको चिन्ता पनि थियो । ‘जिम्मेवारी बढेको थियो । के गर्ने ? छोराछोरी कसरी पाल्ने ?,’ प्रतिमा पुराना दिन सम्झन्छिन् ।

‘श्रीमान् गुमाएपछि सुरुमा आत्तिएँ.’ व्यवसाय सुरु गर्दाका दिन सम्झँदै उनी भन्छिन्, ‘सम्पत्तिका नाममा सानो घर र केही जग्गा थियो । तर, लगानीका लागि केही गरौँ भने पैसा थिएन । त्यसैले सुरुका केही वर्ष भैँसी पाल्ने र तरकारी तथा मकै लगाएर बिक्री गर्ने सोच बनाएँ ।’

मकै रोपेर र भैँसी पालेर जीविका चलाउँदै आएकी प्रतिमाले पाँच वर्षअघि शंकरनगरस्थित सामूहिक बचत तथा ऋण सहकारी संस्थाबाट ५ दिने बुटिक तालिम लिइन् । तालिमपछि केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको उनी सुनाउँछिन् ।

त्यसपछि तिलोत्तमा नगरपालिकाबाट बुटिकसम्बन्धी, चुरा, जुत्ता, चप्पल, पोते बनाउने तालिम लिइन् । ‘सहकारीले बाटो देखाइदियो । मेहनत आफूले गरेँ,’ प्रतिमा भन्छिन्, ‘तालिम लिएपछिको हौसलालाई व्यावसायिक रूपमा लैजाने गरी अघि बढेँ ।’

त्यसपछि उनले घरैमा चुरा, पोते, चप्पल बनाउन मिहिनेत गरिन् । उनलाई सीता मल्लले साथ दिइन् । दुवैले पैसा उठाएर सामान किने । सामान प्रतिमाकै कोठामा राखे । ‘निरन्तरको प्रयासपछि बिक्री गर्न मिल्ने सामान तयार भयो जस्तो लागेपछि बजारमा लैजान थालियो,’ उनले भनिन्, ‘घर-घरमा पनि डुलाइयो ।’

चुरा, पोते, जुत्ता, चप्पल बनाउन सक्ने भएपछि प्रतिमालाई तालिम दिन अन्य जिल्लाबाट बोलाउन थालियो । सीप सिकेको १ वर्षपछि नै उनले तालिम दिन थालिन् ।

उनी अहिले पनि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, बाँके, कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लामा गएर तालिम दिन्छिन् । ‘तालिम नहुँदा घरमा बसेर सामान बनाउँछु । हाटबजारमा लगेर बिक्री गर्छु । तालिम हुँदा त्यसैमा व्यस्त भइन्छ,’ उनले भनिन् ।

‘काँधमा ठूलो जिम्मेवारी थियो । छोराछोरी पढाउनु, हुर्काउनु थियो । सुरुमा कहिले सहकारीको साधारणसभा, कहिले वनको साधारणसभा, कहिले साना किसान सहकारीको साधारणसभामा लगेर बिक्री गर्थेँ,’ प्रतिमा भन्छिन्, ‘तर, अहिले धेरै सहज भएको छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित