
बुटवल । थाइ एयर एसियाले गौतमबुद्ध विमानस्थल भैरहवाबाट बैंकक–भैरहवा–बैंकक उडान आज आइतबारबाट सुरु गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार थाइ एअर एसियाले भैरहवाबाट साताको २ दिन उडान गर्नेछ ।
अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए । राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७.४० बजे बैंकक प्रस्थान गरी सकेको छ । विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए ।