कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

होटल पौवाको बुटवल शाखामा सरायँ नाच (फोटो फिचर)

बुटवल । नेपालीहरुको विभिन्न चाडपर्वमा परम्पराअनुसारका गतिविधिहरु गर्दै आएको होटल पौवाले यस वर्षको बडादशैँको अवसरमा शुक्रबार सरायँ नाच प्रस्तुत गरेको छ । होटल पौवाको तिलोत्तमा-३ योगिकुटीमा रहेको शाखाले गुल्मी छत्रकोट गाउँपालिका-१ हुँगाका कलाकारहरु ल्याएर सरायँ नाच प्रस्तुत गरेको हो ।

सरायँ नाचसँगै पौवाका विभिन्न परिकारहरुको स्वादमा दर्शकहरुले मनोरञ्जन लिएका थिए । करिब २ हजार दर्शकको सहभागिता रहेको कार्यक्रममा सरायँ नाच, ढाल नाच, खुडा नाच, लौरो नाच लगायतका विभिन्न साँस्कृतिक प्रस्तुती रहेका थिए । यसैगरी होटल पौवाले तयार पारेका परम्परागत परिकारहरु सेलरोटी, चुकौनी, गुन्द्रुकको अचार, काक्राको अचार लगायतका खानाका परिकार रहेका थिए ।

दशैँका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाचको रुपमा रहेको सरायँबारे नयाँ पुस्तालाई समेत जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होटल पौवाका ब्राण्डिङ प्रमुख बिष्णु भण्डारीले बताए ।

विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरुमा कोट तथा शक्तिपिठहरूमा नाचिने सरायँ नाचको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सकिने उद्देश्यसाथ विगत वर्षदेखि नै होटल पौवाले कार्यक्रम गर्दै आएको छ ।

सो अवसरमा शुभकामना व्यक्त गर्दै होटल पौवाका चिप अपरेटिङ अफिसर कृष्ण गौतम, बोर्ड अफ डाइरेक्टर धुर्व न्यौपाने तथा सरायँ नाचका संयोजक गोविन्द न्यौपाने, सराय नाच गाइड होम पल्ली मगर लगायतले परम्परा र सँस्कृतिलाई जगेर्ना गर्नका लागि नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी रहेकोमा जोड दिएका थिए । हिन्दु परम्परा अनुसार हरेक वर्षको बडादशैँका बेला एकादशीदेखि पूर्णिमासम्म सरायँ नाच्ने प्रचलन रहेपनि नयाँ पुस्तामा यसको महत्व हराउँदै गएकाले यसको जगेर्नाका लागि आफूहरुले कार्यक्रम आयोजना गरिएको होटल पौवा बुटवल शाखाका प्रबन्धक प्रकाश पाठकले बताए ।

यसैबीच होटल पौवाले यस वर्षको बडादशैँको अवसरमा आफ्ना विभिन्न ७ वटा शाखामा लिङ्गे पिङ राखेर अतिथीहरुलाई मनोरञ्जन प्रदान गरेको थियो ।

‘जहाबाट आतिथ्यताको सुरुवात हुन्छ’-भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा बिस्तारलाई समेत तिब्रता दिँदै आएको होटल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पहुँच बिस्तार गरेको छ । हालसम्म देशभरीका १५ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ । छिमेकी प्रदेश कर्णालीको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा र नवलपुर खोटाङको हलेसी बाग्मती प्रदेशको सिन्धुली तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन् । यसैगरी बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगन्जमा शाखा बिस्तार गरी शिघ्र संचालनको तयारीमा रहेको छ ।

‘स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली आतिथ्यको न्यानोपन दिनु हाम्रो दायित्व हो । यसका लागि हामीले हाम्रा खानामा लगातार परिमार्जन गरिरहेका छौं ।’- ब्राण्डिङ प्रमुख भण्डारीले भने, नेपाली रैथाने खानालाई स्वदेशी र विदेशी पर्यटकमाझ लोकप्रिय बनाउँदै नेपाली खानाको अन्तराष्ट्रियकरण गर्ने अभियानमा हामी एक कदम अघि बढ्दैछौं ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित