तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

ढेडु लखेट्दै जाँदा फेला परेको गुफा, पर्यटकका लागि आकर्षक बन्दै

गुल्मी- धुर्कोट गाउँपालिकामा रहेको गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको छ। गुल्मी सदरमुकाम तम्घासदेखि पाँच कोष (१८ किमि) उत्तरस्थित धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको यो गुफा ढेडु लखेट्ने क्रममा करिब साढे तीन दशकअघि भेटिएको थियो।

२०४५ सालमा बारीमा मकै खान आएको ढेडु लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलोपटक यो गुफा भेटेका थिए। उनले लखेट्दै जाँदा ढेडु एकाएक पहराको बीचमा रहेको सानो प्वालभित्र पसेको थियो। पहराभित्र पसेपछि त्यहाँ गुफा रहेको पत्ता लागेको वडाध्यक्ष केशव भण्डारीले बताए।

यसलाई स्थानीयले विचित्र गुफा नाम राखेका छन्। यो गुफा हेर्न आन्तरिक पर्यटक मात्र पुग्ने गर्थे। पछिल्लो समय बाह्य पर्यटकसमेत आउन थालेका छन्। यसपटक हालसम्म फ्रान्स, जर्मनी र बेलायतका नागरिक गुफा हेर्न आएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए।

१८५ मिटर लम्बाइ र ३५० मिटर चौडा भूभागमा गुफा फैलिएको छ। यति लामो भूभागमा फैलिएको विचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँचवटा द्वारको प्राकृतिक आकार देख्न सकिन्छ।

विचित्र गुफा बाहिरको प्राकृतिक सुन्दरताले गुफाको थप सौन्दर्य बढाएको छ। गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई त्यहाँको इतिहास तथा धार्मिक महत्त्वबारे जानकारी गराउने चलन छ। गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरूमा देखिने विभिन्न आकृतिले एकपटक हरेक नागरिकको ध्यान तान्छ।

विचित्र गुफाको मुख्य आकर्षण भनेको ‘स्वर्ग जाने बाटो’ हो, जहाँ पुगेपछि गुफाको गन्तव्य टुंगिन्छ। यो बाटो एकदमै साँघुरो छ।

गुफाभित्र रहेका विभिन्न जनावरका आकृतिले गुफाको सौन्दर्यमा लाली थपिदिएको छ। गुफा क्षेत्र विकासका लागि अहिलेसम्म धुर्कोट गाउँपालिका, प्रदेश र संघबाट गरी २ करोड रूपैयाँभन्दा बढी लगानी गरिएको गाउँपालिकाका अध्यक्ष पोख्रेलले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित