रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

नेपाली लुगा घर र जुत्ता घरमा उपभोक्ताको थामिनसक्नु भीड (फोटो फिचर)

बुटवल मिलनचोकस्थित नेपाली लुगा घर र जुत्ता घरमा उपभोक्ताको थामिनसक्नु भीड लागेको छ । लुगा घरले बिहीबारदेखि दशै लक्षित ‘कब्बो प्याक’ योजना ल्याएपछि उपभोक्ताको झनै रूचि बढेको हो ।

नेपाली ब्राण्डको कपडा विक्री वितरण गर्दै आएको लुगा घरले दशंै विशेषको लागि २ हजार ९०० रूपैयाँमा पुरूषका लागि एक सेट सिर पाउ दिने अफरमा ग्राहक लोभिएका हुन् । आगलागीबाट ठूलो नोक्सानी भोगेको डेल्टा मार्टमा सञ्चालित लुगा घरले आफ्नो व्यवसाय सञ्चालनका लागि दर्शै अवधिमा यस्तो अफर ल्याएको हो ।

दशै नजिकिएसँगै उपभोक्ताको रोजाइमा लुगा घर परेपछि सञ्चालक पनि उत्साहित छन् । नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले अहिले दैनिक १२ हजार उपभोक्ता ‘कब्बो प्याक’ र जुत्ता चप्पल किन्न आउने गरेको बताए । बढ्दो मंहग्रीलाई मध्येनगर गर्दै सस्तो मूल्यमा दशै मनाउने आम उपभोक्तालाई लक्षित गरी सञ्चालन गरिएको ‘कब्बो प्याक’मा ग्राहकले मन पारेको बताए । भदौं १० गतेबाट सुरू भएको जुत्ता घर तिहारसम्म चल्नेछ ।

बुटवल कालिकानगरकी गौमती रेग्मीले जुत्ता घरमा कम्बो प्याक उपयुक्त रहेको बताइन् । ‘एक जनालाई चाहिने सेट कपडा कब्बो प्याकमा पाइने रहेछ’ गौतम भन्छिन, मैले पनि श्रीमानको लागि किनिदिए । यो उपयुक्त लाग्यो ।’ कम्बो प्याक अफरमा एउटा पाइन्ट, शट, अण्डरवेयर, मोजा, जुत्ता समेत ६ आइटम उपलब्ध छन ।  जसमा याक एण्ड नेक, फ्रिडम दुई ब्राण्डका कपडा, क्रस रोड र रन शुज ब्राण्डको जुत्ता छन् ।

आर्थिक समस्यामा रहेको उपभोक्तालाई भड्किलो दशै रोक्ने यो अभियानबाट मदत मिल्ने सञ्चालक भुसालले बताए । नेपाली उद्योग र उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष जोड्ने गरी आगामी दिनहरुमा थप योजनाहरु समेत बनाएको प्रकाशको भनाइ छ । जुत्ता चप्पल किन्दा पनि १५ देखि ५० प्रतिशतसम्म छुट दिएको छ । ५ सय रुपैयाँमा ३ सेट चप्पल पनि जुत्ता घरले विक्री गरिरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित