निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

नेपाली लुगा घर र जुत्ता घरमा उपभोक्ताको थामिनसक्नु भीड (फोटो फिचर)

बुटवल मिलनचोकस्थित नेपाली लुगा घर र जुत्ता घरमा उपभोक्ताको थामिनसक्नु भीड लागेको छ । लुगा घरले बिहीबारदेखि दशै लक्षित ‘कब्बो प्याक’ योजना ल्याएपछि उपभोक्ताको झनै रूचि बढेको हो ।

नेपाली ब्राण्डको कपडा विक्री वितरण गर्दै आएको लुगा घरले दशंै विशेषको लागि २ हजार ९०० रूपैयाँमा पुरूषका लागि एक सेट सिर पाउ दिने अफरमा ग्राहक लोभिएका हुन् । आगलागीबाट ठूलो नोक्सानी भोगेको डेल्टा मार्टमा सञ्चालित लुगा घरले आफ्नो व्यवसाय सञ्चालनका लागि दर्शै अवधिमा यस्तो अफर ल्याएको हो ।

दशै नजिकिएसँगै उपभोक्ताको रोजाइमा लुगा घर परेपछि सञ्चालक पनि उत्साहित छन् । नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले अहिले दैनिक १२ हजार उपभोक्ता ‘कब्बो प्याक’ र जुत्ता चप्पल किन्न आउने गरेको बताए । बढ्दो मंहग्रीलाई मध्येनगर गर्दै सस्तो मूल्यमा दशै मनाउने आम उपभोक्तालाई लक्षित गरी सञ्चालन गरिएको ‘कब्बो प्याक’मा ग्राहकले मन पारेको बताए । भदौं १० गतेबाट सुरू भएको जुत्ता घर तिहारसम्म चल्नेछ ।

बुटवल कालिकानगरकी गौमती रेग्मीले जुत्ता घरमा कम्बो प्याक उपयुक्त रहेको बताइन् । ‘एक जनालाई चाहिने सेट कपडा कब्बो प्याकमा पाइने रहेछ’ गौतम भन्छिन, मैले पनि श्रीमानको लागि किनिदिए । यो उपयुक्त लाग्यो ।’ कम्बो प्याक अफरमा एउटा पाइन्ट, शट, अण्डरवेयर, मोजा, जुत्ता समेत ६ आइटम उपलब्ध छन ।  जसमा याक एण्ड नेक, फ्रिडम दुई ब्राण्डका कपडा, क्रस रोड र रन शुज ब्राण्डको जुत्ता छन् ।

आर्थिक समस्यामा रहेको उपभोक्तालाई भड्किलो दशै रोक्ने यो अभियानबाट मदत मिल्ने सञ्चालक भुसालले बताए । नेपाली उद्योग र उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष जोड्ने गरी आगामी दिनहरुमा थप योजनाहरु समेत बनाएको प्रकाशको भनाइ छ । जुत्ता चप्पल किन्दा पनि १५ देखि ५० प्रतिशतसम्म छुट दिएको छ । ५ सय रुपैयाँमा ३ सेट चप्पल पनि जुत्ता घरले विक्री गरिरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित