तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गोकर्ण विष्टः पाँचौ प्रतिस्पर्धामा चौथो पटक निर्वाचित

बुटवल । एकिकृत समाजबादीकी सचिव रामुकमारी झाक्रिलाई पराजित गर्दै गुल्मी–२ बाट एमालेका सचिव गोकर्ण बिष्ट विजयी भएका छन् । विष्टले २८ हजार ४८५ पाउँदा उनका निकटम प्रतिस्पर्धी झाक्रीले २६ हजार ४४१ मत प्राप्त गरिन् ।
गोकर्ण विष्ट पाँचौ पटक चुनावी प्रतिस्पर्धामा थिए । २०५६, २०६४, २०७०, २०७४ मा पनि उनी गुल्मी बाट उम्मेदवार थिए । उनी, २०६४ बाहेक सबै चुनावी प्रतिस्पर्धामा विजयी भएका भएका छन् । विष्टको यस पटकको जीत २०७० यताको लगातार तेस्रो जीत हो ।
को हुन गोकर्ण बिष्ट ?
वि.स. २०२२ असार १७ गते ईस्मा गाउँपालिका–४, दोहोली गुल्मीमा जन्मिएका विष्ट नेकपा एमालेका सचिव हुन ।
२०३५÷३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी हुँदै राजनिती आरम्भ गरेका विष्ट पंचायती कालमा राजकाज, सार्वजनिक अपराध जस्ता विभिन्न मुद्दामा केन्द्रिय कारागार, भद्रगोल जेल, नख्खु जेल र प्रहरी हिरासत विताएका थिए । २०५० सालसम्म अनेरास्ववियु,सचिवालय र विभिन्न विभाग प्रमुख, प्ररायुसंघ महासचिव भएका विष्ट २०५६ देखी २ कार्यकाल प्ररायु महासंघ अध्यक्ष समेत भए । पार्टीको ७ र ८ औ महाधिवेशनबाट २ कार्यकाल केन्द्रीय सदस्य भएका विष्ट ९ औ महाधिवेशनबाट केन्द्रीय सचिव, मोर्चा विभाग प्रमुख बने । त्यसपछि विष्ट पार्टिको १०औं महाधिवेशनमा सर्वाधिक मत ल्याई केन्द्रिय सचिवमा पुनः निर्वाचित भए ।
२०६८ सालमा ४ उर्जामन्त्री हुँदा विद्युत चुहावट नियन्त्रण, लोडसेडिङ न्यूनिकरण, महसुल नतिर्ने कम्पनीको लाइन काटेर चर्चामा आएका विष्ट जिल्लामा शालिन, भद्र र विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । विद्युत प्राधिकरणको अध्यक्ष मन्त्री रहने व्यवस्था परिमार्जन गरी सचिवलाई दिने तथा कार्यकारी प्रमुख खुला प्रतिस्पर्धाबाट नियुक्तिको सुरुवात उनले उर्जा मन्त्री हुँदा गरेका थिए । त्यस बाहेक माथिल्लो तामाकोशीको शिलान्यास, बुढीगण्डकी, नलसिंह गाड, उत्तर गंगा रसुवागढी, सान्जेन, मध्यभोटेकोशी लगायतका आयोजनाको काम तिब्र अघि बढाएका थिए भने पश्चिम सेती आयोजनामा नयाँ ठेकेदार छनोट गरेका थिए । त्यसैगरी १० मेगावाटभन्दा माथिका आयोजनाको लाइसेन्स प्रतिष्पर्धाबाट वितरण गर्ने कानुनी व्यवस्था, उर्जा विकास कम्पनी स्थापना, प्रशारण लाइनको मास्टर प्लान निर्माण पनि विष्टकै कार्यकालमा भएको थियो ।
त्यसैगरी २०७४ चैत २ देखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको २१ महिने जिम्मेवारी समाल्दा पनि विष्ट सधै चर्चाको केन्द्रमा रहि रहे । सामाजिक सुरक्षा योजना प्रारम्भ तथा कार्यान्वयन, प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात, नेपाली श्रमिकको न्यूनतम तलब पहिलो पटक ३९ प्रतिशतले बृद्धि, ७ प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना, प्रदेशबाटै श्रम स्विकृती दिन सुरु पनि उनकै कार्यकालयमा भएको थियो ।
त्यस बाहेक मलेसिया, संयुक्त अरब इमिरेट्स युएई, मरिसस, जापान लगायतका मुलुकसँग श्रम सम्झौता समेत विष्टले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित