रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

झ्याप्लेखोलामा पहिरोः २० दिन पछि कोरिया जाने तयारीमा थिए प्रकाश

बुटवल उपमहानगरपालिका–१६ सेमलारका ३७ वर्षीय प्रकाश कुँवर, उनकी श्रीमती ३४ वर्षीया अनु मल्ल र बहिनी २८ वर्षीया सिर्जना कुँवरले धादिङको झ्याप्लेखोलामा लु १ ज ४५७८ नम्बरको माइक्रो गाडीमै पुरिएर ज्यान गुमाएका छन् । प्रकाश २ महिनाअघि कोरियाबाट नेपाल फर्केका थिए । काठमाडौंकी अनुसँग साउन २७ गते विवाह भयो । गुल्मीको मदाने गाउँपालिका पुर्कोटदह पहाड घर भएका उनीहरू विवाहपछि घुम्न गुल्मी पुगे । गुल्मीबाट फर्किएर प्रकाश र अनुले विवाह दर्ता गराए ।

प्रकाशको २० दिनपछि अर्थात अक्टोबर १८ गते कोरिया फर्किने टिकट थियो । अन्य परिवार काठमाडौंमै रहेकाले भेटघाट गर्ने र उतैबाट कोरिया फर्किने उद्देश्यले उनीहरुले शुक्रबार बिहान टिकट काटेर हिंडेका थिए । दाजु–भाउजूले आग्रह गरेपछि बहिनी सिर्जना पनि सँगै काठमाडौं हिंडेकी थिइन् । उनले पनि भारतको बेंग्लोरबाट बीएस्सी नर्सिङ उत्तीर्ण गरेर बेलायत जानका लागि भाषा कक्षा पढ्दै थिइन् । भाषा कक्षाको परीक्षा दिनुपर्ने भएकाले काठमाडौंबाटै दिने गरी दाज–ुभाउजूसँगै गएको दाजु गोविन्द कुँवरले बताए । ‘खै के भयो भयो, मैले भन्ने सक्दिनँ,’ शव बुझ्न काठमाडौं जानका लागि भैरहवा विमानस्थल पुगेका उनले टेलिफोनमा भने, ‘दैवले खोजेर लैजान्छ भन्थे त्यस्तै भयो मेरो परिवारमा ।’ शुक्रबार बिहान घरबाट हिँडेका उनीहरू चढेको गाडी पुरिएको भन्ने खबर शनिबार साँझ मात्र थाहा पाएको उनले बताए ।

झ्याप्लेखोला पहिरोमा पुरिएको लु १ ज ४५७८ नम्बरको माइक्रोमा सवार गुल्मी दरबार गाउँपालिकाको चारपालाका ६३ वर्षीय जुद्धबादुर रायमाझी, उनकी बुहारी २८ वर्षीया प्रमिता रायमाझी र २ वर्षका नाती क्रिस रायमाझीको पनि मृत्यु भएको छ । उनीहरू तीनै जना काठमाडौंमा प्रमिताका श्रीमान् विवेकले मोटरसाइकलको व्यवसाय गर्ने भएकाले उतै बस्ने गरी हिँडेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित