बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

‘कुहिएको’ मासुबाट विरयानी बनाउने हैदराबादीलाई २२ हजार जरिवाना

बुटवल । ग्राहकलाई कुहिएको मासु बाट विरयानी बनाएर विक्रि गर्ने बुटवलको हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाक स्थित ‘हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ लाई बुटवल उपमहानगरपालिकाले जरिवाना गरेको छ ।

भदौ २० गते ग्राहकले विरयानी खाने क्रममा फोहोर भाडामै दिएको गुनासो पछि हैदरावादी दम बिरयानीमा बुटवल उपमहानगरपालिकाको टोलीले अनुगमन गरेको थियो ।

भदौ २० गते अनुगमन भएपनि उपमहानगरपालिकाले सोमबार मात्र हैदरादी दम विरयानीलाई २२ हजार जरिवाना गरेको हो ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख तथा अनुगमन समितिकी संयोजक सावित्रादेवी अर्यालले सञ्चालकलाइ  २२ हजार जरिवाना गराइएको बताईन ।

साथै उपमहानगरपालिकाले पसललाई स्वच्छ नराख्दा सम्म र मापदण्ड पूरा नगर्दा सम्म सञ्चालनमा रोक्का लगाउने निर्णय गरेको पनि उपप्रमुख अर्यालले बताईन ।

बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखाका ठगिश्वर पोखरेलका अनुसार भदौ २० गते ग्राहकको गुनासोको आधारमा हैदराबादी दम विरयानीमा अनुगमन गरिएको थियो । सो क्रममा ५६ केजी मासु र कुखुरको छाला नष्ट गरिएको थियो ।

खाद्य ऐन, २०२० ले कुनै पनि खाद्य व्यवसायीलाई जनस्वास्थ्यमा हानी नपुराउने गरी स्वच्छ, सुरक्षित, र स्वस्थ खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने प्रावधान गरेको छ । तर, हैदरावाद दम बिरानीले यी कानूनी मापदण्डको पालना नगरेको पाईएको उपभोक्ता हित संरक्षण समिति बुटवल नगरका अध्यक्ष समुन्द्र जिसीले बताए ।

हैदरावादी दम बिरानीले सस्तो लोकप्रीयता कमाउन प्रचारमा गरेको दावी र वास्तविकतामा ठुलो फरक रहेको समेत पाइएको अनुगमनबाट देखिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित