भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

भैरहवामा नक्कली छोरी बनेर करोडौंको घरजग्गा हडप्ने प्रयास

दुईजना भारतीय नागरिकका छोरीले भैरहवामा नक्कली छोरी बनेर करोडौं घरजग्गा हत्याउने प्रयास गरेको पाइएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का सुखु मल्लाहको नाम राखी श्रीमानबाट सनाखत बनाएर नागरिकता लिए पछि सम्पत्ती हत्याउन खोजेको पाइएको हो । निसन्तान सुखुको मृत्युपछि अदालतको फैसलाबाट उनको सम्पत्ती दाई फौदार मल्लाहका छोराहरु लालजित र सन्त मल्लाहको नाममा गएको थियो । तर, जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा फरक ठाउँमा सर्जमिन गराई भारतीय नागरिक बदल मल्लाहका छोरीहरु मालती मल्लाहीन र रिखिदेवी मल्लाह अग्रवालले सम्पत्ती हत्याउन खोजेका हुन् ।

सिद्धार्थनगर–६ का लालजित र सन्त मल्लाहका बुवाहरु दुई भाई हुन् । लालजित र सन्तका बुवा फौदार हुन भने काका सुखु मल्लाह । फौदारका दुई छोरा र ५ छोरी छन् । तर, काका सुखु र काकी कवुतरीका कोखबाट सन्तान भएनन् । उनीहरुका बुवा फौदारको २०७७ जेठ ८ र आमा झिनाको भने १० वर्ष अघि नै मृत्यु भइसकेको छ । काका सुखुको २०७८ असार १७ र काकी कपुतरी मल्लाहको २०७७ माघ १० मृत्यु भयो ।

सन्तान नभएकाले सुखु र कपुतरीको सहारा लालजित र सन्त बनेका थिए । ‘दुखविरामी हुँदा, औषधि उपचारदेखि मृत्युपछिका सम्पूर्ण संस्कार हामी दुईभाईले गरेका हौं’, बिहीबार भैरहवामा पत्रकार सम्मेलन गर्दै सन्तले भने, ‘बुवाआमा र काकाकाकी बाचुन्जेल कसैको दावी थिएन । तर मृत्युपछि एकाएक मालती र रिखीदेवी छोरी बनेर सम्पत्री खान लागे ।’ बुवाआमा र काका–काकीको मृत्यु पछि लालजित र सन्तले निसन्तान भएको भन्दै काकाको नाममा रहेको जायजेथा आफूहरुका नाममा लिनका लागि रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरे । तत्कालीन न्यायाधीश लीलाराज अधिकारीको इजलासले २०७८ कार्तिक १५ गते फौदार र सुखुको नाममा रहेको जमिन लालजित र सन्तको नाममा जाने फैसला गर्यो । अंशबण्डा गरेर उनीहरुले सबै जायजेथा दुईभाइका नाममा गराए ।

‘त्यसपछि एकाएक २०७८ फागुन १० गते हाम्रो घरमा अंश मुद्दा परेको भन्दै जिल्ला अदालत, रुपन्देहीले म्याद पठायो । म्याद बुझेर हामी अदालत गयौं । यसपछि बल्ल थाहा भयो, काका सुखुको नक्कली छोरी बनेर अंशका लागि सिद्धार्थनगर–८ की रिखीदेवी मल्लाह अग्रवाल र मायादेवी गाउँपालिका–३ की मालती मल्लाहले मुद्दा हालेको’, सन्तले भने, ‘जवकी काका सुखुको सन्तानै जन्मिएका थिएनन् । एकाएक अर्कै दुई महिलाले अदालतमा अंश मुद्दा दायर गरे पछि हामी अन्यायमा पर्यौं र अदालत र प्रशासन धाउन थाल्यौं ।’

अंश मुद्दा हाल्ने रिखीदेवी र मालतीले सुखुको दुई श्रीमती रहेको दावी गरेका थिए । रिखीदेवीले सुखुको पहिलो श्रीमती कवुतरी र मालतीले दोस्रो श्रीमती फूलझरी मल्लाहको छोरी भएको दावी गरेका थिए । जवकी मालती मल्लाहीन भारतको बस्ती जिल्लाको मेहदावलका भारतीय नागरिक बदल मल्लाहको जेठी श्रीमतीबाट जन्मिएकी र रिखीदेवी बदलकी कान्छी श्रीमती मैनादेवी मल्लाहीनको कोखबाट जन्मिएकी छोरी भएको लालजित र सन्तको दावी छ । ‘त्यसअघि मालती र रिखीदेवीले हामी सुखुको छोरीहरु हो भनेर दावी गर्दै सिद्धार्थनगर नगरपालिका–६ मा हाम्रो काका सुखुको मृत्युदर्ता माग गरेका थिए । तर, वडा कार्यालयले दिएन’, उनले भने, ‘त्यसपछि उनीहरुले उच्च अदालत बुटवलमा सिद्धार्थनगर नगरपालिका र वडा नं. ६ को कार्यालयविरुद्ध मुद्दा दायर गरेका थिए । उनीहरुले अदालतमा सुखु मल्लाहको छोरी भएको प्रमाण पेस गर्न सकेनन् ।’

त्यसबेला अदालतमा मालती र रिखिदेवीले एकअर्कालाई आफू मात्रै सुखुको छोरी भएको दावी गर्दै मुद्दा लडे । तर, अदालतले मालतीको जन्म र बुवा दावी गरिएका सुखुको जन्ममिति जम्मा ६ वर्ष फरक देखिएको तथा रिखिदेवीको दावी र प्रमाण झुठा भएको भन्दै न्यायाधीश अच्युतप्रसाद भण्डारीको इजलासले २०७८ माघ ५ गते रिट निवेदन नै खारेज गरिदिएको थियो । उच्चले नगर र वडाविरुद्ध हालेको रिट खारेज गरे पछि रिखिदेवी र मालती सुखुको छोरी भएको प्रमाणित हुन सकेन । त्यसपछि रिखीदेवीले मैले दुबै आमाको पालनपोषण, शेषपछि काजक्रिया गरेको र उनीहरुको अंश हक खाने म एक मात्र हकवाल भएको भन्दै लालजित र सन्तको नाममा गएको जमिन आफ्नो नाममा ल्याउन माग दावी गर्दै रुपन्देही जिल्ला अदालतमा २०७८ पुसमा मुद्दा हालिन् ।

सुखु मल्लाहको हुँदै नभएको दोस्रो श्रीमती फूलझडीको छोरी भएको दावी गरेकी मालतीले पनि २०७८ फागुनमा बुवा सुखुको दुई श्रीमतीका आफू र रिखीदेवी छोरी रहेको भन्दै अंश नाममा गरिदिन माग दावीसहित जिल्ला अदालतमा मुद्दा हालिन् । ‘मुद्दा चलिरहेकै बखत उनीहरुले वडा नम्बर ६ का वडाध्यक्ष विरेन्द्र श्रीवास्तवले झुठा विवरण दिन नमानेपछि वडा सचिव विनोद कर्णमार्फत् सेटिङ मिलाएर मिलेमतोमा वडा नं. ६ बाट काका सुखुको मृत्युदर्ता प्रमाण निकालेका थिए’, लालजित भन्छन्, ‘त्यसअघि नै हामीले काका सुखुको मृत्युदर्ता कसैलाई पनि नदिनु भनेर निवेदन पनि दिएका थियौं । तर वडासचिव कर्णले छोरी भनेर मृत्युदर्ता दिए ।’

रिखीदेवी र मालतीले नागरिकता बनाउँदा बुवाको नाम सुखु मल्लाह राखेर श्रीमानको सनाखतमा नागरिक बनाएका छन् । उनीहरु आफ्नो ठूलीआमाको बुहारी नन्दनी मल्लाहको बहिनी भएको दावी पीडितको छ । ‘उनीहरु दुवैजना हाम्रो भाउजुको बहिनीहरु हुन् । भाउजुको नागरिकता बैबाहिक अंगिकृत छ । तर, उनीहरुले हाम्रो काकाको नाम राखेर बंशजको निकाले’, लालजितले भने ।

अदालतमा मुद्दा परेपछि लालजित र सन्तले जिल्ला प्रशासनमा मालती र रिखीदेवीको नागरिकता खारेजी माग गर्दै मुद्दा दिएका थिए । तर, प्रशासनले जाँचबुझ गरेन् । उनीहरुको नागरिकता मगाएर अनुसन्धानका लागि भनेर राखेको थियो । तर, सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमद खाँ र मायादेवी गाउँपालिका–३ का वडाध्यक्ष मोहम्मद रफिक खाँनको रोहबरमा फिर्ता गरियो । प्रशासनले रिखीदेवी र मालतीको नागरिकता बारे सर्जमिन भने गरेको देखिन्छ । तर, सिद्धार्थनगर–६ मा सर्जमिन गर्नुपर्नेमा मिलेमतोमा वडा नम्बर ८ मा सर्जमिन गरियो । ‘सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहम्मद खाँ, वडा नम्बर ८ का वडाध्यक्ष राजनजंग राणा, तत्कालीन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सिद्धार्थनगर वडा नम्बर ६ का वडा सचिव विनोद कर्णलगायत प्रहरीसमेतको मिलेमतोमा नगरपालिकाको कार्यालयमा बसेर सर्जमिन गरियो र उक्त सर्जमिन वडा नम्बर ८ मा गरेको भनियो’, सन्तले भने, ‘जुन सर्जमिनमा रिखीदेवी र मालती सुखु मल्लाहको छोरी हुन् भनिएको छ ।’

यो बीचमा प्रशासनले अदालतले मागेअनुसार कागजात पठाएन । मिलेमतोमा तत्कालीन प्रमुख जिल्ला अधिकारी भरतमणि पणडेले रिखीदेवी र मालतीविरुद्धको नागरिकता छानविनको निवेदन तामेलीमा राखेको आरोप पीडितको छ । ‘अदालतले मागेको कागज नपठाई सम्बन्धित वडामा सर्जमिन नगरी फरक ठाउँमा सर्जमिन गरेर कागजात पठाउँदा रुपन्देही जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजालासले २०८० भदौ २६ गते फैसला गर्दै निसन्तान हाम्रा काका सुखुको सम्पत्ती नक्कली छोरीहरु रिखीदेवी र मालतीको नाममा जाने फैसला गरेको हो’, पीडित सन्त र लालजित भन्छन् । फैसला अनुसार जग्गा रिखीदेवी र मालतीको नाममा गए सिद्धार्थनगर, सियारी र ओसतियाको करिब १८ कठ्ठा र घर गरी साढे दुई करोड बराबरको जमिन जान्छ । तर, यो बीचमा रिखीदेवी र मालतीको नागरिताको कुनै परीक्षण भएन । जवकी मालती र सुखुको उमेर जम्मा ६ वर्षको फरक छ । अहिले फेरि जिल्ला प्रशासनले रिखीदेवी र मालतीविरुद्ध अर्को निवेदन लिएर नागरिकता बारे अनुसन्धान गरिरहेको छ ।

‘पहिला पनि सर्जमिन भएको रहेछ, पीडितहरुले पुनः तामेली जगाउन भन्दै निवेदन दिनुभयो, यसबारे हामीले बुझ्यौं र दर्ता गर्यौं’, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गाणेश अर्यालले भने, ‘त्यसपछि पुनः प्रहरी मार्फत् वडा कार्यालयमा गएर सम्बन्धित ठाउँमा सर्जमिन गरेर आएको छ । अहिले अनुसन्धान हुँदैछ ।’ उनका अनुसार केही तथ्यहरु र कागजात फेला परेपछि रिखीदेवी र मालतीको नागरिकताबारे अनुसन्धान सुरु गरिएको हो ।

स्रोतका अनुसार हाल प्रशासनले पुनः प्रहरी मार्फत् सम्बन्धित वडा सिद्धार्थनगर नगरपालिका–६ मा गएर सर्जमिन गर्दा सुखु मल्लाहको कुनै सन्तान नभएको र रिखीदेवी र मालती भारतीय नागरिक बदल मल्लाहको छोरी हुन भन्ने सर्जमिन मुचुल्का प्रशासनमा पुगेको छ । वडा नं. ६ का वडाध्यक्ष वीरेन्द्रकुमार श्रीवास्तव, प्राध्यापक डा.शंकरप्रसाद नेपाल लगायत, स्थानीय, प्रहरीको रोहवरमा गरिएको पछिल्लो वास्तविक सर्जमिन सही भएको पीडितको भनाई छ । यो बीचमा पीडित मल्लाह दाजुभाईले उच्च अदालत बुटवलमा जिल्लाको फैसला त्रुटीपूर्ण रहेको भन्दै मुद्दा पुनरावेदन दिएका छन् । उक्त मुद्दा विचारधीन छ ।

मुद्दा विचारधीन रहेकै बेला रिखीदेवीले मालती भारतीय नागरिकको छोरी भएको भन्दै अर्को निवेदन अदालतमा बुझाएकी छन् । ‘सरकारी कार्यालय र अदालतपिच्छे फरक फरक बयान गरेका कारण पनि रिखीदेवी र मालतीले झुटा विवरणबाट सम्पत्ती लिन खोजेको पुष्टि हुने जान्छ’, पीडित सन्त भन्छन्, ‘तत्काल प्रशासनले उनीहरुको नागरिकता खारेज गरोस् । हामीलाई न्याय देओस् ।’ उनीहरुले भारतीय नागरिकका छोरीलाई सम्पत्ती दिन नसक्ने जनाउँदै कानूनी लडाइँ लडिरहने बताए । ‘सम्मानित अदालतले हामीलाई न्याय दिन्छ भन्ने विश्वास छ’, उनीहरुले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित