रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

कपिलबस्तुमा बचेरा हुर्काउँदै आगन्तुक राज र स्वर्गचरी (फोटो फिचर)

कपिलवस्तु । राजचरी र स्वर्गचरीलाई बचेरा हुर्काउन भ्याइ नभ्याई छ । राजचरी (ब्ल्याक न्याप्ड मोनार्क) बचेरा हुर्काउन व्यस्त छ । भाले र पोथीले आलोपालो किरा फट्याङ्ग्रा खोज्छन् । चुच्चाको सहायताले बचेरालाई खुवाउँछन् ।

स्वर्गचरी (इन्डियन प्याराडाइज फ्लाइक्याचर) ले गुँडबाट बचेरा उडाइसकेको छ । दक्षिण भारत तथा श्रीलङ्काबाट आउने यहाँ जिल्लामा पहिलो पटक यी चरा प्रजनन गरेको देखिएको छ ।

राजचरी र स्वर्गचरीजस्तै ५ दर्जन बढी आगन्तुक चराहरू प्रजननका लागि नेपाल आउने गरेका छन् । ती चराहरू अहिले बचेरा हुर्काउन व्यस्त छन् । वसन्त ऋतु आगमनबाट चराहरूमा प्रजननको सिजन सुरु हुन्छ । फागुनदेखि बसाइ सराइ गर्छन् ।

यी चरालाई समर भिजिट वर्ड भनेर चिनिने वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए ।

‘तीनदेखि चार महिना बिचको समयमा नेपाल बस्छन् । त्यो समयमा गुँड बनाउने, अण्डा पार्ने र कोरल्नेदेखि बचेरा हुर्काएर फर्किने गर्छन् । वर्षायाम सकिएसँगै उनीहरू आफ्नो ठाउँ पुग्छन् । यी चराहरू वनमा आश्रित हुन्छन् । नदीको आसपास, रुखमा कपजस्तो आकारमा गुँड लगाउँछन्’ डा. बरालले बताए।

प्रजननका लागि नेपालमा ६० बढी प्रजातिका आगन्तुक चरा आउँछन् । अस्ट्रेलिया, दक्षिण भारतदेखि दक्षिण–पूर्वी एसियाका मलेसिया, म्यानमार, थाइल्यान्ड, लाओस् इन्डोनेसिया लगायतका देशबाट चराहरू आएका छन् ।

स्वर्गचरी, राजचरीका अलवा जुर्रे कोइली, लाल चुच्चे ठेउवा, गौँथली, कटुस टाउके मुरली, पानी गौँथलीलगायत थुप्रै साना जिउ हुने चराहरू प्रजननका लागि नेपाल आउने गरेका छन् । कोइलीको एक दर्जन बढी नेपाल आउँछन्, जसमध्ये जुर्रे कोइली अफ्रिकाको सबसहारन क्षेत्र र सेतो कण्ठे गौँथली अस्ट्रेलियाबाट नेपाल आउँछन् । कृषिक्षेत्र आसपास गुँड लगाउने वरिष्ठ पन्छी विज्ञ कृष्णप्रसाद भुसालले बताए ।

swarga_chari__3_.jpg

swarga_chari__2_.jpg

swarga_chari__9_.jpg

rajchari__2_.jpg

rajchari__4_.jpg

IMG_6088.jpg

rajchari__1_.jpg

गाेरखापत्रबाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित