तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला… (तस्बिरहरू)

यसपालिको धान रोपाइँ सुरू भएको छ।

समयअगावै भित्रिएको मनसुन सक्रिय भएर पानी पर्न थालेसँगै किसानहरूलाई रोपाईँको चटारो छ।

सिँचाईको सुविधा भएका ठाउँहरुमा केही अगाडि नै धान रोपाइँ सुरू भैसकेको छ भने मनसुन सक्रिय भएर थप पानी पर्न थालेपछि आकाशको पानीमा निर्भर हुनुपर्ने ठाउँहरूमा पनि रोपाइँ सुरू भएको छ।

रोपाइँ सुरू भएसँगै गाउँघरमा असारे भाकाका लोकगीत गुन्जिन्छ। रेडियो टेलिभिजनहरूले पनि असारे भाकाका गीतहरू सुनाउन थाल्छ।

गाउँदै धान रोप्ने प्रचलन विस्तारै हराउन थालेको छ। असारे भाका र दैवज्ञराज न्यौपानेले लेखेको ‘किसानको रहर’ शीर्षकको गीतको दुई हरफ ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ धेरैले सम्झन्छन्।

बुटवलको वडा नं १८ दुबौलीमा रोपाई महोत्सव गरिएको छ । बुटवल उपमहानगरपालकाका नगर प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवि अर्यालको उपस्थितिमा महोत्सव भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित