लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

भजन प्रतियोगिताको उपाधी बडा नम्बर ५ लाई

सोमबार बुटवलमा भएको नगरस्तरीय अन्तर वडा लोक भजन प्रतियोगिताको उपाधी बुटवल वडा नम्बर ५ ले हात पारेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनीको आयोजना, प्रतिष्ठान रुपन्देहीको सह–आयोजना र बुटवल उपमहानगरपालिकाको प्रर्वद्धनमा आयोजित उक्त प्रतियोगितामा बुटवल वडा नम्बर १२ ले द्वितीय स्थान, वडा नम्बर ७ ले तृतीय र वडा नम्बर २ ले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ४० हजार, २५ हजार, २१ हजार र १५ हजार रुपैया नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका १५ वटा वडाका समूहवीच प्रतिष्पर्धा भएको थियो ।

प्रतियोगिताको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कलासंस्कृति राष्ट्रको चिनारी रहेको भन्दै कला संस्कृति र संस्कारको संरक्षण गर्नु हामी सबैका दायित्व भएको बताए ।

लोपोन्मुख अवस्थामा रहेको लोक भजनलाई संरक्षण सम्वद्र्धन गर्ने उदेश्यका साथ उपमहानगरले बजेटको व्यवस्था गरेको भन्दै आगामी वर्षमा पनि उल्लेखनीय बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । विशिष्ट अतिथि नगर उप प्रमुख सावित्रादेवी अर्यालले कला संस्कृति हामी सबैको साझा सम्पति भएको भन्दै यसलाई जोगाउनु हामी सबैके कर्तवय रहेको बताईन ।

आयोजक संस्थाका अध्यक्ष दिपु मगरले लोपउन्मुख अवस्थामा रहेको भजनलाई नयां पुस्तामा हस्तान्तरण होस भन्ने उदेश्यका साथ यस कार्यक्रम आयोजना बताउदै आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

प्रतियोगितामा करिव ६ सय जनाको उपस्थिती रहेको कार्यक्रम संयोजक तथा आयोजक संस्थाका प्रथम उपाध्यक्ष दीपक कार्कीले बताए ।
कार्यक्रममा प्रतिष्ठानका प्ुर्व केन्द्रिय अध्यक्ष दुर्गा रायमाझी, लोक भजन चुड्का संरक्षण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण लेकाली, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितिका निवर्तमान अध्यक्ष डिल्लीनारायण पाण्डेय, निवर्तमान कार्यसमिति सदस्य ओम ज्ञवालीले निर्णायकको र प्रदेश सल्लाहकार राधेश्याम राजभण्डारीले जुरी निर्णयकको भुमिका निभाएका थिए ।

कार्यक्रममा आयोजक संस्थाका बरिष्ठ उपाध्यक्ष दामोदर बस्याल र प्रतिष्ठान रुपन्देहीको प्रथम उपाध्यक्ष रितु थापा लगायतका साथीहरुले स्वागत गीत प्रस्ुतत गरेका थिए । त्यस्तै विभिन्न कलाकारले सांगितिक प्रस्तुतीमार्फत मनोरन्जन प्रदान गरेका थिए ।

कार्यक्रम सहआयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका अध्यक्ष विजय सापकोटाको स्वागत र आयोजक संस्थाका सचिव योगराज पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित