हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

बुटवल वडा नं. ३ का वडा अध्यक्ष ढकालले दुर्गा मन्दिरमा राजनीति गर्दा…

बुटवल । बुटबल उपमहानगरपालिका वडा ३ पुलचोकमा रहेको दुर्गा भगवती मन्दिर एक बर्ष देखि नेतृत्व बिहिन भएको छ ।

मन्दीरको १४ औ वार्षिक साधरण सभा तथा सातौ अधिबेशनमा नयां नेतृत्वको लागि निवार्चन मार्फत मनोनयन दर्ता भएपनि बिभिन्न राजनतिक दलहरु बिच सहमती नजुटदा नेतृत्व बिहिन भएको हो ।

नयां नेतृत्वका लागि नेकपा एमाले, नेपाली काग्रेस र माओवादी गरि तिनै राजनिति दलहरुबाट उम्मेवदारी दिएको थियो । सबै राजनितिक दलहरुको बिचमा सहमतिको प्रयास निरन्तर भएपनि सहमति जुटन नसकेपछि मनोनय दर्ता भएपनि नेतृत्व चयन अझै हुन सकेको छैन् ।

नेकपा माओवादीबाट निर्वाचित हुनुभएका बुटबल उपमहानगरपालिकाका बडा न ३ का वडा अध्यक्ष बिष्णु ढकालले अध्यक्षको लागि हरि कृष्ण प्रधानलाई अगाडी सारेका थिए ।

मनोनयन समेत दर्ता भइसकेपनि आफुले अघि बढाएका व्यक्ति निर्वाचन बाट पराजित हुने भएपछि वडा अध्यक्षकै सक्रियतामा निर्वाचन नै स्थगित गरिएको स्थानिय भुपती गैरे बताए ।

अध्यक्ष जस्तो मान्छे मन्दीरमा आयर राजनिति गर्नु गलत भएको उनको भनाई छ । मन्दीरमा नयां नेतृत्व नहुंदा स्थानिय सरकार र प्रदेश सरकारबाट आउने बजेट समेत अहिले आउन नसकेको उनले बताए ।

मन्दीरका पूर्व सचिव कृष्ण भुषालले सामाजिक संघ संस्थाहरुमा अनाआवश्यक राजनिति हस्तक्षेपमा दुर्गा मन्दीर परेको बताए ।
उनले मन्दीरमा नयां नेतृत्व नहुदा संघिय सरकारबाट आएको आठ लाख समेत फिरिज भएको बताए । अहिले मन्दीरको अबस्था नाजुक हुदै गएको उनको भनाई छ ।

वडा अध्यक्ष बिष्णु ढकालले बिभिन्न राजनिति दलहरु सग सहमतिको लागि प्रसास निरन्तर गदै आएको बताए । पहिला सहमति नजुटदा समस्या भएको र अहिले करिब सहमतिको नजिक पुगेको उनको भनाई छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित