मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवल उपमहानगरले विना टेन्डर सडक निर्माण गरेपछि अख्तियारको टोली फिल्डमा

बुटवलका उपमहानगर पालिकाले हचुवा तालमा अस्पताल लाइनदेखि कालिका मन्दिरसम्मको सडक खोल्ने काम गरेको पाएको छ। गत साउनमा लुम्बिनी प्रादेशिक अस्पतालमा जग्गामा सडक खोल्ने काम गरेको नगरपालिकाले विना टेन्डर काम गराएको खुलेको हो।

२५ लाख रुपैयाँमा सडक खोल्ने ग्राभेल गराउने काम भएको थियो । नगरपालिकाले प्रक्रिया मिचेर काम गराएपछि अख्तियार दुरुपयोग अनुसन्धान टोलीले अनुसन्धान सुरु गरेको छ । नगरपालिका गराएको सडक निमार्णको कामप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्राविधिक टोली समेत फिल्ड पुगेर हालै अध्ययन अनुसन्धान सुरु गरेको छ। बुटवलका उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले अख्तियारको टोली आएको बताए। उनले भने अख्तियारको टोली आएको थियो। तर त्यो सडक निर्माण गर्दा म प्रमुख प्रशासकीय अधिकृत थिइन, त्यो पुरानो केस हो ।

त्यो सडक निर्माण कार्य म भन्दा अगाडिका कार्यकारी भएको बेलामा भएको विस्तृत आफूलाई थाहा नभएको उनले बताए ।

उक्त सडकमा अहिले प्रदेश पूर्वदार कार्यालय नाली राख्ने पिच गर्ने ठेक्का दिएको छ। सुरुमा बुटवल नगरपालिका साउन महिनामा काम गराएको ठेकेदार आफूले अझै सम्म कुनै रकम नपाएको भन्दै पटक पटक पटक नगरपालिका धाइरहेका छन्।

बुटवल उपमहानगरपालिका इन्जिनियर सुमन श्रेष्ठले सडक साउनमा सकिए पनि ठेकेदारलाई रकम दिनको लागि प्रक्रिया नपुगेको कारणले ढिलाइ भएको खुलाए।
उनले अख्तियारको टोलीले पनि रकम भुक्तानी प्रक्रिया अरू विषयमा सोधिखोजी गरेको खुलाए। ठेकेदारले १९ लाख ४५ हजार रुपैयाँ खर्च भएको बताएका छन्। त्यो बेला नगरपालिका कुनै सूचना जारी नगरी ५ दिन लगातार ठेकेदारलाई काम गराएर सडक खोल्ने काम भएको थियो

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित